• उर्लाबारी, ११ असोज/मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न १२ औं साधारणसभाले खड्गबहादुर थापालाई अध्यक्षमा निर्बिरोध निर्बाचित गरेको छ ।
    उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा भएको सो साधारणसभाले चार वर्षे कार्यकालका लागि थापालाई अध्यक्षमा निर्बाचित गरेको हो । सो संस्थाको उपाध्यक्षमा विनिता दाहाल, सचिवमा भेषवन्धु निरौला र कोषाध्यक्षमा तारानाथ दाहाल तथा सदस्यहरुमा यामकुमारी खत्री, ममता पाण्डे, रमेश भट्टराई र शिवराज थापालाई निर्बिरोध निर्बाचित गरेको छ ।


    त्यसैगरी सो संस्थाको लेखा संयोजकमा चुडामणी सापकोटा तथा सदस्यहरुमा भिम कार्की र सकम्बरी आचार्यलाई निर्बिरोध निर्बाचित गरेको छ ।
    संस्थाका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको सो साधारणसभामा समाजसेवी जयधर्म आचार्य, चन्द्रबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष नरेन्द्र ढुँगानालगायतले बोलेका थिए । सभामा उत्कृष्ठ बचतकर्ता र असल ऋणीहरुलाई सम्मान गरिएको थियो ।
    संस्थाले गत वर्ष २०७५/०७६ मा पाँच करोड ४७ लाख ८१ हजार एक सय चार रुपैयाँ बराबरको कारोबार गरेको छ । सो संस्थाले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा पाँच करोड १४ लाख ६६ हजार ४७ रुपैयाँ कारोबार गरेको सचिव लोकनाथ पौडेलले जानकारी दिए । संस्थाको नगद तथा जिन्सी गरी दुई करोड ४४ लाख १८ हजार पाँच सय ७८ रुपैयाँ बराबरको सम्पति रहेको पौडेलले उल्लेख गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…