• काठमाडौं– नेपाल तरुण दलले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारको दम्भको ज्यादती बढ्दै गएको भन्दै कम्युनिस्टहरू अहँकारको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले आइतबार साँझ विज्ञप्ति जारी गरेर नेकपाका अरिँगालहरूलाई अनुशासनमा बस्न चेतावनी दिएका छन् ।

    ‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान रक्षा गर्ने दायित्व युवा तरुणहरूको काँधमा आएको छ’, उपाध्यक्ष चापागाइँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपाका अराजक कार्यकर्ताद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा।मीनेन्द्र रिजालमाथि तनहुँ जिल्लामा भएको घटनाले गम्भीर ध्यानाकषर्ण भएको छ ।’

    नेकपाका अरिँगालहरूले आइतबार तनहुँको रिसिङमा भएको दुरव्यहारको चौतर्फी आलोचना भएको छ । त्यति मात्रै होइन नेपाली कांग्रेसका नेता डा।रिजालको कार्यक्रमलाई बिथोल्न नेकपाका अरिँगालहरूले रक्सीका खाली बोतल, लाठी लगायतका घरेलु हतियार लिएर अबरोधको प्रयास गरेका थिए ।

    नेपाल तरुण दलले जनताले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानको विपरित गर्ने क्रियाकलापको प्रतिकार गर्ने चेतावनी दिएको छ । यस्ता घटना दोहरिए तरुण दलले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…