• यौनसम्पर्क गर्नु अगाडि सभामुख महराले पिएको रक्सीको मूल्य कति ?

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती यौनसम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ ।
    हाम्राकुरा नामक अनलाइनका अनुसार सभामुख महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई आइतबार साँझ करणी गर्ने क्रममा मदिरा सेवन गरेको खुलेको हो ।
    मदिरा पिएर आफै बोतल बोकेर ती महिला कर्मचारीको डेरामा भित्रिएका महराले स्न्याक्सपनि साथमै लगेर गएका थिए । दुई वटा गिलासमा रक्सी राखेपनि महराको दवावमा ती महिला कर्मचारी र महराले एउटै गिलासमा मदिरा सेवन गरेका थिए ।
    ती महिला र सभामुख महराले बाेतलकाे रक्सी आधा सिध्याएका थिए ।



    त्यसपछि महराले ती महिला कर्मचारीलाई कोठामा रहेको खाटमा सुताएर करण गरेको ती महिलाले बताएकी छिन् । त्यति मात्रै होइन सभामुख महरा ती महिला कर्मचारीलाई कुटपिट गर्नुका साथै मुख च्यात्ने प्रयास गरेका थिए ।
    यो घटनाको जानकारी ती महिला कर्मचारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नेतृहरू पम्फा भुसाल र अनेसरी घर्तीका साथै महराका कान्छो छोरा राहुल महरालाई पनि जानकारी गराएको ती महिला कर्मचारीले बताएकी छिन् ।
    महराले ती महिला कर्मचारीलाई घटना बाहिर नल्याउन पटक पटक दवाव दिएको पनि खुलेको छ ।

    महराले १२ वर्ष पुरानो ‘हिमालयन रिजर्भ ह्वीस्की’ पिएर आफूलाई काठमाडौंको तीनकुनेस्थित डेरामा जबरजस्ती करणी गरेको ती पीडित महिलाले बताएकी छिन् ।
    आफूलाई महराले जबरजस्ती करणी गरेपछि उनले घरबेटीलाई भनेकी थिइन् । त्यसपछि तीनकुनेको प्रहरीलाई खबर गरिएको ती महिलाले बताएकी छिन् । प्रहरीले कोठाको फोटो खिचेर लगेपनि यस घटनाबारेमा अनभिज्ञता जनाएको छ ।
    सभामुख महराले ती महिलासँग पिएको रक्सीको मूल्य न्युनतम २४ देखि २८ सयसम्म पर्छ । यो मूल्य ७५० एमएलको बोतलको दररेट हो ।


    ४२.८ प्रतिशत अल्कोहल मिसिएको यो रक्सी १२ वर्ष पुरानो ब्राण्डको छ । स्कच माल्ट क्वालिटीको यो रक्सीको स्प्रिट स्कटल्याण्डबाट ल्याएर हिमालको पानी मिसाएर बनाउने गरिएको वेबसाइटमा उल्लेख छ ।
    उता, सभामुख महराले आफूलाई लागेको आरोप झुठ्ठा रहेको दाबी गरेका छन् । कर्मचारी समायोजनको रिस ती महिलाले पोखेको महराको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…