• महराले घटना ‘प्रचार भएजस्तो’ गरी नभएको बताएका छन्।
    यद्यपि, महराबाट केही गल्ती भएको आभास उनको उत्तर दिने शैलीबाट बुझिन्छ। पहिलोपटक आफू आइतबार ती महिलाको कोठामा गएको हो भन्न धकाएका महराले  दोस्रोपटक गरेको फोन संवादमा भने ती महिलाको कोठामा गएको स्वीकारे।
    तपाईंमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो नि?
    यो अनर्गल प्रचार हो। फेक न्युज हो। कर्मचारी समायोजनको रिस ममाथि पोखिएको हो। सिंहदरबारभित्र समायोजनको कुनै दरबन्दी छैन। सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन गर्यो। यहाँ स्वास्थ्यको दरबन्दी छैन। मैले समायोजनमा जानुस् भनेँ। त्यसमा उहाँहरूको विमति रह्यो। त्यसैले उहाँहरूले के-के के-के खबर गर्नुभएको छ।

    तपाईंको चस्माको एउटा सिसा त ती महिलाकै कोठामा खसेछ नि, कसरी?
    त्यो होइन, मेरो चस्मा मसँगै छ। त्यो त बनावट हो।
    हिजो जानुभएको हो?
    हो। म पहिले पनि गइराख्थेँ। उहाँ (महिला) मेरो साथी हो। विद्यार्थी पनि हो। अरू कुनै कारण होइन।
    महरासँगको दोस्रो संवाद :
    हिजो जानुभएको रहेछ, सँगै रक्सी खानुभएछ?
    हो। तर, त्यसरी अरू कुरा केही भएको होइन।
    हामीलाई तपाईंले जथाभाबी बोलेको अडियो प्राप्त भएको छ।

    तपाईंले दुर्व्यवहार गर्नुभएको त रहेछ नि?

    त्यो अस्तीनैको होला। मैले त्यस्तो केही गरेको छैन। यो सबै गलत हो।
    भनेपछि अस्ती नै चाहिँ गालीगलौज गर्नुभएको थियो?
    जाने आउने भइरहन्थ्यो। सामान्य कुराकानी हुन्थ्यो नै। तर, अरू कुरा केही भएको होइन। नेेेपाल न्युजबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…