• सभामुख महराले दुर्व्यवहार गरेको एक महिलाको आरोप, कसले गर्ने सभामुखमाथि अनुसन्धान ?

    काठमाडौं ।

    सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

    उक्त महिला महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । यद्यपि महराबिरुद्ध कसैले लिखित जाहेरी भने दिएका छैनन्।

    प्रहरीको सम्पर्कमा आएकी ती महिलाले सभामुख महरासँग पहिलेदेखि नै चिनजान भएको र कहिले काही कोठामा आउने जाने गरेको समेत बताइन् ।



    तर आइतबार साँझ भने सभामुख महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको उनको आरोप छ । साँझ नै प्रहरीलाई उनले खबर गरेपछि प्रहरीले तत्कालको अवस्थाको भिडियो खिचेर लगेको ती महिलाले बताएकी छन् ।

     

    त्यसो त सभामुखका प्रेस सल्लाहकारले विज्ञप्ति जारी गर्दै चश्मा र जुत्ताको तलुवा सभामुखको नभएको दावी गरेका छन्। तर अनुसन्धान बिना दावीकारितालाई मात्रै पत्याउने आधार छैन। अब यो गम्भीर आरोपमा कसले अनुसन्धान गर्ने? निष्पक्ष अनुसन्धान हुन देलान्? प्रेस सल्लाहकारमार्फत् जारी गरिएको विज्ञप्तिमा पनि गलत आरोप हो, अनुसन्धान गरौँ, अनुसन्धानलाई पूर्ण रुपमा सघाउँछु भनेर भनिएको छैन। त्यसो भनेको भए आरोपलाई अनुसन्धानको कसीमा जाँचिने विश्वास हुन्थ्यो।

    सभामुख महराको यो काण्ड पनि यत्तिकै सेलाउने मात्र हो? कि ती बिचरी पीडित महिला झन् पीडित हुनुपर्ने हो?सभामुख महराको मोबाइल नम्बर 9851116456 मा फोन गरेर यो घटनाको बारेमा सोध्नुहोस्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…