• बाजुरा– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता अहिले एकपछि अर्को विवादमा फसिरहेका छन् । ज्ञानेन्द्र शाही माथिको आक्रमण, कांग्रेस नेता मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास, बाँके कांग्रेस सभापति किरण कोइराला माथिको आक्रमण नेकपाका कार्यकर्ताले गरेका छन् । योसँगै जुवातास खेलिरहेको अवस्थामा बाजुरामा नेकपाका नगर सचिव पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो ।

    सोही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका–२ का हिक्मत बुढा, सोही ठाउँका धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका–४ का जगत भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…