• काठमाडौं– प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लागेको छ । संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप महरा माथि लागेको हो । आइतबार राति रक्सीले लठ्ठ भएका महराले जवरजस्ती गरेको ती महिला कर्मचारीको अरोप छ । उनले जवरजस्ती करणी पछि महराले आफुलाई कुटपिट समेत गरेको बताएकी छन् । तर, महराको सचिवालयले भने भ्रामक समचार सप्रेषण भएको भन्दै खण्डन गरेको छ ।

    महरा माथि गम्भिर आरोप लागेपछि देशभर यही विषयले चर्चा पाएको छ । सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ । निष्पक्षको छानविनको हुनुपर्ने माग समाजिक सञ्जाल प्रयोगकर्ताले गरिरहेका छन् । एक सर्वसाधरणलाई यस्तो प्रकृतिको अरोप लाग्दा प्रहरीले तुरून्तै पक्राउ गर्ने गरेको तर महराको विषयमा चुपचाप बसेको भन्दै प्रहरीको आलोचना समेत भइरहेको छ ।

    महरा माथि आरोप लगाउने महिलाले समेत प्रहरीले तस्विर खिचेर लगिसकेको बताएकी छन् । तर, प्रहरीले भने किटानी जाहेरी नआएको भन्दै बोल्न मानेको छैन । शक्ति र सत्ताको आडमा दोषिले उन्मुक्ति पाउन नहुने भन्दै सामाजिक सञ्जालमा यो देशमा प्रहरी छ र ? भन्दै प्रश्न समेत गरिरहेका छन् । आरोप लागेपछि निष्पक्ष छानविन हुनुपर्ने र त्यसका लागि महराले राजिनामा दिनुपर्ने कतिपयको तर्क छ । पदमै बसेर निष्पक्ष छानविन हुन नसक्ने भन्दै महराले नैतिकरूपमा राजिनामा दिनुपर्ने तर्क उनीहरूको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…