• नरेन्द्र बस्नेत
    बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको उपाधिका लागी आज मंगलबार दिँउसो ३ बजे धरान फुटबल क्लब र रोयल क्लब वेटट बंगाल भारत भिडदैछन ।
    गत शुक्रबार नै फाईनल खेल हुने भएपनि प्राबिधिक कारण खेल शनिबार लाई सारिएको थियो । शनिबार पनि निरन्तर बर्षाका कारण स्थगित गरी मंगलबारलाई सारिएको हो । आज हुने फाईनल खेलमा आधा दर्जन बढी राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले बताएका छन ।
    साथै नियमति खेलको लाईभ गर्दै आएको गोल नेपालले फाईनल खेलको लाईभ समेत नगर्ने भएको छ । आयोजकको आग्ह अनुसार फाइृनल खेलको लाईभ नहुने भएको हो । दर्शकहरुलाई खेलमैदानमा भित्रयाउने लक्ष्यका साथ लाईभ रोकिएको हो । रेकर्डेड फाइृनल खेल भने गोल नेपाललमा प्रसारण हुने छ ।
    प्रतियोगितामा बिजयी टिमले ५ लाख र उपबिजेताले २ लाख ५० हजार पाउने छन । गतबर्ष बिजेताले २ लाख २२ हजार र उपबिजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…