• कौरव खत्री, गुल्मी, १४ असोज । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले संविधानको जग कांग्रेसले बसाल्यो तर घर बनाउने जिम्मा कम्युनिष्टलाई दिएकोमा आज घर बनाउने र तला थप्न नजान्दा जग नै भत्काउन लागेकोले खतरा बढ्को बताए ।

    गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ३ नेपाली कांग्रेस वडाकार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रममालाई सम्बोधन गर्दै सोमवार नेता थापाले यस्तो बताएका हुन् ।

    साथै युवा नेता थापाले जनताले ५ बर्ष घर बनाउने जिम्मा कम्युनिष्टलाई मत दिएकाले कांग्रेसको जिम्मा भनेको सरकारको छेउमा बसेर राम्रो काम गरे ताली बजाउ यदि काम नगरेको खबरदारी गर भनेको बतादै नेपालको संविधानमा स्थानीय देखि संघीय अधिकारका कुरा लेखिएको हुँदा काठमाडौं जस्तै समान अवसर अब गाँउ­ गाँउमा पुग्नु पर्ने बताउदै संविधानको रक्षा गर्ने जिम्मा कांग्रेस भएको बताउदै हाम्रो संविधान नेपाललाई विकासको अर्को चरण पु¥याउन प्रयाप्त रहेको बताए ।

    साथै कांग्रेस नेता थापाले पार्टी प्रवेशको शुरुवात मात्र भएको अब पार्टी प्रवेश रोकिदैन र रोकिनु पनि हुन्न भन्दै यो क्रमले पार्टीभित्र साथीहरुको उपस्थिति बढ्दै जाने र कांग्रेस पार्टी थप बलियो हुने र काँगे्रसको धन्सार भरिदै गएको बताए ।

    साथै नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले देशमा लगानी असुरक्षित बन्दै गएको बताउदै यति बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए ।

    साथै उनले कम्युनिष्ट पार्टीको विचार नभएको आरोप लगाउदै देमा रेल र पानीजहाज चाहिन्छ तर खुतरुकीमा पैसा कहाँबाट आउछ भन्दै प्रश्न गरे साथै उनले भने देशमा कांग्रेस अझै जिउँदै भएको भन्दै सरकार तानाशाही बनी अगाडी बढ्न थालेकोले अब हाम्रो लडाई तागत भनेको जनताले देखाउने बताए ।

    साथै नेता थापाले संविधानको रक्षागर्ने जिम्मा कांग्रेसको भएकाले अब कांग्रेसले अन्याय अवस्थालाई बदल्न र जनताहरुमा समान अवसर प्रदान गर्नका लागि कांग्रेस पार्टी बनेको बताए ।

    साथै उनले एउटा नेपाली आफ्नो स्वास्थ्य उपचार गर्नका लागि घरखेत बेच्नु पर्ने अवस्था भएकोले सहज रुपमा कम खर्च मै स्वास्थय उपचार गराउने गरि कानून बनाएको बताए । साथै सांसद थापाले गुल्मी कांग्रेसको अभियानले आज देशभर नै गाँउजाने बाटो देखाएको बताए ।

    साथै सोही अवसरमा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ अर्घाखाचीका पार्टी नेपाली कांग्रेस सभापति बिष्णु मुस्कान, नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य छन्द बहादुर पहराई, नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य पदम विष्ट, नेपाली कांग्रेस अर्घाखाचीका जिल्ला सदस्य कृष्ण बहादुर परियार बताए ।

    सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री, हरि खत्री,गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुती राखेका थिए ।

    त्यस्तैसोही अवसरमा नेपाली कांग्रेस गुल्मीका पार्टी उपसभापति बिष्णु बलाल, पार्टी सचिव दोय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा, धुर्कोट गाँउपालिकाका उपाध्यक्ष शिब बहादुर खत्री लगायत जिल्ला स्तरका नेतागण तथा पार्टीका भातृसंगठका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अवसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय जना कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

    कार्यक्रम आश्विन ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन भएको थियो ।

    कार्यक्रम ध्रुकोट गाँउपालिका वडा नं. ३ नेपाली कांग्रेस वडाकार्य समितिका सभापति तेज बहादुर बोहोराको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता एवं वडाकार्य समितिका उपसभापति छविलाल काउछाको स्वागत मन्तव्यसँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने दोय लोकदोहोरी प्रतिष्ठान गुल्मीका सचिव एवं सञ्चारकर्मी भुवन भूषाल र समाजसेवी युवा कमल बोहोराले गरेका थिए ।

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…