• काठमाडौं– मुलुकमा एक महिनामै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ता जोडिएका पाँच चर्चित काण्ड घटेका छन् । नेकपा नेतृत्वको सरकार आफैंमा काण्डै, काण्डमा फसेको छ । वाइडबडी, ३३ किलो सुन प्रकरण देखि बालुवाटार जग्गा प्रकरणसम्म नेकपा सरकार फसिरहँदा, नेता–कार्यकर्ताले समेत काण्डै–काण्ड घटाउन थालेका छन् ।

    एक महिनाको अवधिलाई मात्रै हेर्ने हो भने नेकपाका नेता–कार्यकर्तामा सत्ता र शक्तिको उन्माद कति छ भन्ने प्रस्टै देखिन्छ । अहिले अधिकांश स्थानीय तह, ६ वटा प्रदेश र केन्द्र सरकारमा नेकपाको नेतृत्व छ । तीन तहकै सरकारमा पार्टीले राज गरिरहँदा कार्यकर्तामा समेत सत्ता र शक्तिको उन्माद प्रस्टै देखिन्छ । त्यसैका उदाहरण हुन्, एक महिनाका पाँच चर्चित काण्ड ।

    निर्वाचन ताका ‘विकास र समृद्धी’को विगुल फुकेर जनता माझ गएको तत्कालिन बाम गठबन्धनलाई जनताले पत्याए । करिब दुई तिहाई मत दिएर जनताले कम्युनिष्टहरूलाई सत्ताको चावी बुझाइदिए । तर, जब कम्युनिष्टको सरकार बन्यो, तब सरू भए काण्डका श्रृंखला । हुन त अहिले पनी सत्ताधारीहरुले विकास र समृद्धीको नारा रट्न छाडेका छैनन्, सँगै उपलब्धीमुलक काम पनि हुन सकेका छैनन् । सोमबार मात्रै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हरेक दिन नेपाल एक कदम अगाडी ।’

    साँझ पर्न नपाउँदै एक कदम अगाडी कै समचार सुनियो सभामुख कृष्णबहादुर महरा माथि बलात्कारको आरोप ! एक महिनाको अवधिमा आपसमै भिडन्त गर्ने देखि फरक विचार राख्ने माथि आक्रमण गर्नेसम्म हर्कत कम्युनिष्ट कार्यकर्ताले गरेका छन् ।

    यस्ता छन्, पाँच चर्चित काण्ड

    १. महरामाथि बलात्कार अरोपः सभामुख कृष्णबहादुर महरा माथि संसदकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी छन् । आइतबार साँझ मदिराले लठ्ठ भएका महाराले आफु माथि जबरजस्ती गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छन् । श्रीमान नभएको बेला आएर जबरजस्ती गरेको उनको आरोप छ । जबरजस्ती करणी गरेपछि निर्घात कुटपिट गरेको भन्दै उनले निलडाम समेत देखाएकी छन् । यद्यपी महराको सचिवालयले भने उक्त आरोपका खण्डन गरेको छ । तर, सामाजिक सञ्जाल देखि चिया पसलसम्म महराको यो काण्डको चर्चा भइरहेको छ । निष्पक्षको छानविन गरिनुपर्ने र त्यसका लागि महराले राजिनामा दिनुपर्ने माग समेत उठिरहेको छ ।

    २. ज्ञानेन्द्र शाही माथि आक्रमणः ११ आसोजमा नेकपाका कार्यकर्ताले नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरेका छन् । भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न पुगेका शाही माथि नेकपा कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए । उनलाई गाडी भित्रै इटा र रडले आक्रमण गरी घाइते बनाइएको छ । शाही अहिले उपचाररत छन् ।

    ३.मिनेन्द्र रिजाल माथि आक्रमण प्रयासः चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताले तनहुँमा आक्रमणको प्रयास गरे । नेकपाका कार्यकर्ताले गुण्डागर्दीको शैलीमा हातमा वियरका बोतल र लाठी बोकेर तनहुँको रिसिङ गाउँपालिकामा पुगेका कांग्रेस नेता तथा पूर्वमन्त्री डा. रिजालको बाटोमा अवरोध गरे । गाउँपालिका भवन उद्घाटनका लागि रिसिङ पुगेका नेता रिजालको बाटोमा नेकपाका गुण्डाले अवरोध गरेका थिए ।

    ४.कांग्रेस सभापतिको हात नै भाँचिदिएः दुई साता अघि नेपाली कांग्रेसको जागरण अभियानको कार्यक्रममा चलिरहँदा नेकपा कार्यकर्ताले कांग्रेस बाँकेकी सभापति किरण कोइराला माथि आक्रमण गरे । नेकपाका कार्यकर्ताको आक्रमणमा परी सभापति कोइरालाको हात भाँचिएको छ । खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । नेपाली कांग्रेसले आक्रमणको विरोध गर्दै आएको छ ।

    ५. योगेश भट्टराईको जहाज काण्डः २९ भदौमा पर्यटनमन्त्री योगेश भट्टराईले बुद्ध एयरको जहाज एक घण्टा भन्दा बढी रोकेको भन्दै यात्रुले हंगामा मच्चाएका थिए । तर, भट्टराईले एक घण्टा जाहज नरोकेको भन्दै वक्तव्य जारी गरेका थिए । भट्टराईले जाहज रोकेको भन्दै विरोध गर्ने मध्येका एक थिए, ज्ञानेन्द्र शाही । उनै माथि चितवनमा नेकपा कार्यकर्ताले आक्रमण गरेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…