काठमाडौँ – कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब सांसदका रुपमा नचिन्ने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले बताएका छन् ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएकी छन् । आरोपपछि महराले नैतिकताको आधारमा सभामुखबाट राजीनामा दिएका छन् ।
उनी सम्बद्ध सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले सभामुखसँगै सांसद पदबाट पनि राजीनामा दिन भनेको थियो । महराले भने सभामुखबाट मात्रै राजीनामा दिएका छन् ।
महरा प्रकरणबारे सिंहदरबारमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा संसदीय दलका उपनेता नेम्वाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन ।’
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।