• काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो ।

    जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ ।

    भारतले २० साउनमा संविधानको धारा ३७० खारेज गर्दै जम्मू काश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो । विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । कश्मीरी नेताहरुलाई गिरफ्तार गर्दै मोबाइल तथा इन्टरनेट सेवासमेत बन्द गराइएको थियो ।

    अहिलेसम्म पनि जम्मु कश्मीरको अवस्था सामान्य हुन सकेको छैन । लोकतन्त्र र मानवअधिकारलाई कुण्ठित गरेको भन्दै भारतको अन्तर्राष्ट्रियस्तरमा विरोध भइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…