• तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो ।

    तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।

    खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउछन ।

    यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

    आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराकाे जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए ।

    शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् ।

    किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।

    एउटै ढुंगामा प्राकृतिक रुपमा निर्माण भएको यस शिवथान परिसरमा अनौठो प्रकृतिको चिन्ह तथा मानव पाईलाको समेत आकृतिहरु रहेका छन् ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…