• मोरङ । पथरीशनिश्चरे नगरपालिका-१ पथरीमा दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता हुनेभएको छ ।

    त्यहाँ स्थित सुनाखरी युवा क्लब पथरीको आयोजनामा असोज २९ गतेदेखि प्रतियोगिता हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

    प्रतियोगितामा झापा, मोरङ र सुनसरीको आठ वटा टिम सहभागी हुने आयोजक क्लवको खेल संयोजक नवीन ढकालले बताए । जसमध्ये मोरङको पथरी स्पोर्टिङ क्लव, सुनाखरी फुटबल क्लव पथरी, योसेक फुटबल क्लव उर्लाबारी, लेटाङ फुटबल क्लव, डागिहाट फुटबल क्लब, झापाको दमक फुटबल एकेडेमी, एपिएफ फुटबल क्लब र पन्चायत फुटवल क्लब सुनसरी सहभागी हुने आयोजक सुनखरी युवा क्लबको अध्यक्ष मिलन चाम्लिङ राईले बताए ।

    विजेता टिमलाई ८१ हजार १११, उप विजेतालाई ५१ हजार १११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल समितिको सचिव टाइवन राईले बताए । खेल प्रतियोगिताको अनुमानित ८ लाख ५२ हजार रहेको आयोजक समितिले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…