• यौन दुव्र्यहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अर्को राजीनामा दिएका छन्।

    मंगलबार बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार अर्को राजीनामा बुझाएका हुन्। उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सुटुक्क भाषा सच्याएर दोस्रो राजीनामा बुझाएका हुन्।

    महराले यसअघि बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यो शब्दावलीलाई लिएर पार्टी भित्र र बाहिर शर्तसहित उनले राजीनामा दिएको भनेर आलोचना भएको थियो।

    महराका प्रेस सहयोगी डिल्ली मल्लले दोस्रो राजीनामा दिएको बताए। ‘केही प्राविधिक शब्दहरुलाई लिएर विवाद सिर्जना हुन थालेपछि सच्चाएर अर्को राजीनामा पत्र बुझाइएको हो’, नेपालखबरसँग कुरा गर्दै उनले भने।

    महरामाथि आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहारका साथै कुटपिट गरेको आरोप लागेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…