• रातोकलम अनलाइन।
    असोज-१५,क्वालालम्पुर।

    प्रवासी नेपाली श्रमिकहरुका साझा संगठन मजदुर एकता केन्द्र मलेशियाले नेपाली दूतावास लाई ज्ञापन पत्र बुझाएको छ। मजदुर हरु मार्फत "मजदुरकै निम्ति मजदुर" भन्ने मुल नारा सहित स्थापना भएको एकता केन्द्र मलेशियाले ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो।

    आफ्नो स्थापनाकाल देखीनै प्रवासी नेपालीहरुको पक्षमा संघर्षरत संगठनले मलेसियामा मात्रै नभई अन्य खाडी मुलुकका समस्या लाइ समेत उजगार गर्दै आइरहेको छ। नेपाली मजदुर एकता केन्द्र मलेशियाले असोज-१४ गते मंगलबार नेपाली राजदुतावास क्वालालम्पुरमा पीडित मजदुर लाइ अस्थायी रुपमा बस्नको लागी आवश गृह स्थापनाको माग गरेको हो।

    नेपाली राजदुतावासको तर्फबाट आवश्यक पहल गर्न माग गर्दै नेपाली राजदूतावास मलेसियाका दृतिय सचिव महेस्वर मणी त्रीपाठी मार्फत ध्यानाकर्षण गराइएको हो। विभिन्न समस्यामा परी दूतावासमा आउने पीडित मजदुरहरु लाइ बस्नको निम्ति निकै समस्या झेल्नुपरेको छ।यस्तै बेलामा पीडित मजदुर माथी विभिन्न बहानामा विचौलिया हरुले ठगी गर्ने गरेको भन्दै दूतावासको निगरानीमा रहने गरि एक आवश गृहको स्थापना गर्न आग्रह गरेको हो।

    आर्थिक अभावको कारण पीडित हरु अलपत्र समेत पर्ने गरेका छन।मजदुरहरु लाइ अस्थाई रुपमा बस्नका लागि अस्थायी आवास गृह स्थापना गर्न दूतावास सङ्ग माग गरिएको महासचिव दिलिप भट्टराईले बताए। न्यून आर्थिक अवस्था भएर टिकट कै कारण नेपाल फर्कन नसक्ने अवस्थाका पीडित भए दूतावासको आग्रहमा एउटा हवाई टिकट उपलब्ध गराउने प्रतिबद्धता समेत नेपाली राजदुतावास समक्ष गरेको छ।

    नेपाली मजदुर एकता केन्द्रका संयोजक तेज बहादुर कार्कीका अनुसार केन्द्रले मलेसिया मात्रै नभइ नेपालमा समेत संस्थालाइ बिस्तार तथा दर्ताको निम्ति आवश्यक पहल अगाडि बढाउने गृहकार्य भइरहेको छ।भने सम्भवत चाडैनै नेपालमा दर्ताको लागी प्रक्रिया अगाडि बडने जानकारी कार्कीले दिएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…