• असोज १६ , २०७६ काठमाडौं : आफ्नै कारणले प्रतिनिधि सभाको सभामुखबाट राजीनामा दिन बाध्य कृष्णबहादुर महरा निर्दोष रहेको भन्दै पीडित भनिएकी महिलाले प्रहरीमा निवेदन दिएकी छन्।

    संसद सचिवालयमै कार्यरत ती महिलाले बुधबार महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएसँगै महरामाथि अघि बढेको प्रहरीको अनुसन्धान रोकिएको छ। गत आइतवार राति तीनकुनेस्थित ती महिलाको कोठामा पसेर महराले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

    यो आरोपसँगै महानगरीय प्रहरी परिसरको टोलीले ती महिलाको कोठामा पुगेर आवश्यक सबुत प्रमाण पनि बटुलेको थियो। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अनुसन्धान अघि बढाइएको अवस्थामा ती महिलाले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेकी थिइन् भने महराविरुद्ध जाहेरी दिन पनि मानेकी थिइनन्।

    संगीन आरोप लगाएकी उनले आफूलाई त्यसमा २४ घण्टा पनि टिकाउन नसकी महरा आफ्ना बुवाको उमेरका भन्दै बुवा जस्तो मानेको व्यक्तिले आफूमाथि यौन दुव्र्यवहार नगरेको बताएकी थिइन्।

    उनले महरासँग भेट नभएको पनि लामो समय भएको बताएकी थिइन्। प्रहरीमा बुधबार दिएको निवेदनमा उनले आफु डिप्रेसनमा रहेको पनि उल्लेख गरेकी छन्। उनका पतिले समेत महराबाट आफ्नी पत्नीमाथि कुनै किसिमको दुर्व्यहार नगरेको जनाउँदै आफुले पनि बाबुसरह मानेको बताएका थिए।

    संसद सचिवालयमा कार्यरत उनले महरामाथि संगीन आरोप लगाएपछि सत्तारुढ नेकपाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। नेकपाको उक्त निर्णयसँगै महराले छानबिन नसकिएसम्मका लागि भन्दै शर्तसहित राजीनामा दिएका थिए।

    तर, उक्त शर्तसहितको राजीनामालाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले फर्काइदिएकी थिइन्। महराले पुनः शर्तसहितको लाइन हटाएर बुधबार आफैं उपसभामखुकहाँ पुगेर अर्को राजीनामा पत्र बुझाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…