• काठमाडौं। नेकपाका नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेको हाम्राकुरा डटकम  सम्पादक पत्रकार अजयबाबु शिवाकोटीमाथि गम्भिर सुरक्षा चुनौति देखिएको छ।

    समाचार सार्वजनिक भएकै दिनदेखि आफुलाई पछ्याउने र निगरानी गर्दै आएका केहि समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको सम्पादक शिवाकोटीले बताएका छन् ।   हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केहि समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौं,उनले भने ।

    सम्पादक शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको छ।

    बानेश्वरका दुई रेष्टुरेण्टमा मंगलवार र बुधबार केहि समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक शिवाकोटीमाथि क्षति पुर्‍याउने नियतका साथ योजना बनाएको समेत जानकारीमा आएको छ। ती दुई रेष्टुरेण्टमध्ये एक सत्तारुढ नेकपाकै सांसदको समेत भएको स्रोतले जनाएको छ।

    समाचार सार्वजनिक हुनुअघि नै निवर्तमान सभामुख महराले समाचार प्रकाशित नगर्न दवाव दिएका थिए । उनले विभिन्न व्यक्तिहरुलाई समेत लगाएर समाचार रोक्ने आशयले कुरा गराएका थिए। उनीहरु पनि घटनाको वास्तविकता थाहा पाएपछि पछि हटेका थिए। घटनाको विषयमा महराकै प्रतिक्रिया लिने क्रममा उनीसँग कुरा भए लगत्तै समाचार रोकाउन उनले विभिन्न व्यक्तिहरुलाई परिचालित गरेका थिए।

     

    समाचार सार्वजनिक भएकै दिन पनि मोटरसाइकलमा पछ्याइएको कारण घरसमेत जान नसकेका सम्पादक शिवाकोटी सो रात अन्यत्रै सुरक्षित स्थानमा बसेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…