• काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय स्तरमा 'सुरक्षा छवी' का बारेमा खुलेर बहस हुन थालेको छ । एकाएक प्रशंसा बढेको छ ।

    नेपाल प्रहरीको नेतृत्व लिएसँगै विभिन्न क्षेत्रसँग समन्वयगरि सामुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत आम नागरिकको सहकार्य बढाएका आईजीपी सर्बेन्द्र खनालको छवी अन्तर्राष्ट्रिय रुपमै गणना हुन थालेको हो ।

    अन्तर्राष्ट्रिय रुप प्रहरीको छवी उच्च राख्न उहाँले गरेको भुमिकालाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल अर्थात International Criminal Police Organization (ICPO) आत्मसाथगरि मुल्यांकन गरेको देखिएको छ ।

    अन्तर्राष्ट्रिय रुपमै समिक्षा गरिने इन्टरपोलबाट जारी हुने बिशेष बिशेषाङ्क तेस्रो संस्करणमा नेपाल प्रहरीका आईजीपी खनालको तस्विर सहित २ पृष्ट नेपालको सुरक्षाका बारेमा प्रकाशपारी उच्च सम्मानका साथ स्थान दिइएको हो ।

    उक्त बिशेषाङ्क २०१९ अक्टोबर १ अर्थात २०७६ आश्विन १ गते प्रकाशन भएको हो । जसका कारण नेपालको सुरक्षा विषयमा विश्वमै चित्रित भएको हो ।

    विश्वभरि रहेका १९४ मुलुक इन्टरपोलका सदस्य रहेका छन् । नेपालको हेड अफ इन्टरपोल आईजीपी खनाल हुन् भने इन्टरपोल शाखा प्रमुखमा एसएसपी उमेशराज जोशी रहेको छन् ।

    इमान्दार र कुशल छवी भएका प्रहरी अधिकारीका रुपमा चिनिएका जोशी इन्टरपोल शाखामा इस्पेक्टर भएकै अवस्थामा समेत आफ्नो भुमिका निभाइसकेका प्रहरी अधिकारी हुन् ।

    के हो इन्टरपोल ?

    सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झाँगिएको छ । त्यसलाई न्यूनिकरण र समन्वयका लागि इन्टरपोलको भुमिका महत्वपुर्ण रहन्छ ।

    विश्वब्यापी बढेको अपराधको भौगोलिकीकरणसँगै विभिन्न देशका प्रहरी संगठनहरूबीच समन्वय र सहकार्यका लागि इन्टरपोलको गठन भएको हो ।

    मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो ।

    नेपाल इन्टरपोलको सयौं सदस्य राष्ट्र हो । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिशमा रेड कर्नर नोटिस जारी गर्छ ।

    रेड नोटिसका बारेमा
    सम्बन्धित देशको प्रहरी संगठनको सिफारिशमा इन्टरपोलले रेड नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।

    सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गर्नुका साथै अपराधी रहेको मुलुकसँग समन्वय र सहकार्य गरि डिपोट अर्थात देश निकाला गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।

    इन्टरपोलले प्रकाशित गरेको केन्द्रिय संस्करणमा प्रकाशित सामाग्रीलाई हामीले नेपालीमा अनुवाद गरेका छौं ।

    आजको चुनौतिपूर्ण र भूमण्डलीकृत अपराधिक परिवेशमा परम्परागत प्रहरी कारवाही तथा प्रणालीहरु सर्वसाधारण जनताहरुलाई सुरक्षित राख्न पर्याप्त् हुने सक्ने अवस्थामा छैनन् ।

    फरार अपराधिहरुलाई कानूनी दायरामा ल्याउन, अन्तराष्ट्रिय प्रहरी सहकार्य र समन्वयको महत्व सायदै यति अपरिहार्य भएको थियो होला ।

    विज्ञान तथा प्रविधिको विकास तथा अन्तराष्ट्रिय सीमामा जुन सहजताका साथ मानिसहरु आवतजावत गर्दछन्, यस प्रगति संगसंगैसाईबर अपराध तथा मानव बेचविखनका फरार अपराधिहरुलाई पछ्याउन ज्यादै चुनौतिपूर्ण बन्दै गएको छ ।

    हामीले हालसालै मात्र दुई वटा विशिष्टवकृत प्रहरी ईकाईहरु स्थापना गरेका छौं । पहिलो, साईबर अपराध अनुसन्धानको निम्ति र अर्को मानव बेचविखन अनुसन्धानको निम्ति । यी दुई ब्यूरोहरुले हामीलाई अपराध रोकथाम गर्न र अपराधिहरुलाई पछ्याउन ठूलो सहयोग पुर्याउनेछन् । यी दुवै ब्यूरोहरु INTERPOL ले प्रदान गर्ने अन्तराष्ट्रिधय सहकार्यका उपकरणहरुद्वारा सुशज्जित छन् ।

    बढ्दो पहुँच, सशक्त सीमा र सुरक्षित समाज, राष्ट्र र मुलुक
    नेपालका मोष्टवाण्टेड फरार अपराधिहरुलाई पछ्याउन र कानूनी दायरामा ल्याउन काठमाण्डौं स्थित INTERPOL National Central Bureau (NCB) ले अत्यन्त महत्त्वपूर्ण भुमिकानिर्भाह गर्दछ । विश्व भरका अपराध अनुसन्धानकर्ता निकायहरुलाई नेपाल प्रहरीसंग जोड्ने काम नेपाल प्रहरीको INTERPOL NCB ले गर्दछ ।

    NCB को पहुँच INTERPOL को I-24/7 Network / र संजाल सम्म बिस्तार भएकै कारण हाम्रो प्रति आतकंवाद ईकाइ तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित अध्यागमन सेवाले INTERPOL को अपराधिक डाटाबेशरअभिलेख अध्ययन गरी तत्काल कुनै व्यक्ति फरार अपराधि वा सुरक्षाको दृष्टिककोणबाट खतरा हो वा होईन पत्ता लगाउन सक्दछ ।

    गत वर्ष मात्र, INTERPOL उपकरणको प्रयोग मार्फत, NCB नेपालको समन्वयमा सुन तस्करी, वन्यजन्तु अपराध, कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचविखन, ठगी जस्ता जघन्य अपराधमा संलग्न १० जना फरार अपराधिहरुलाई पक्राउ गर्न सफल भएको छ ।

    राष्ट्रि य सुरक्षालाई सुदृढ गर्नुका साथै, यिनी मष्टबवाण्टेडअपराधिहरुको पक्राउले राष्ट्रि य स्तरमा समेत नेपाल प्रहरीको छवि व्यवसायिक एवं उच्च बन्न पुगेको छ ।

    पक्राउ मानव बेचविखनका मास्टरमाईण्ड
    NCB Bangkok संगको सहकार्यमा, INTERPOL ले सन् २०१५ देखि खोज्दै आएको क्षेत्रीय मानव बेचविखनसंजालको नेतृत्व समेत गरेको पर्शुराम गुरुङलाई नेपालको मानव बेचविखन ब्यूरोले पक्राउ गरेको छ । शंकास्पद व्यक्तिलाई थाई अध्यागमनले थाईल्याण्ड(लाओसको सीमामा पर्ने नाखोमपानोम(न्योन्यातमा पहिचान गरी निर्वासित गरे पश्चा त् पक्राउ गरिएको थियो । उक्त अपराधिको पक्राउले विभिन्न्अन्तराष्ट्रि य अनुसन्धानको सुरुवात समेत गर्योप जस कारण आउँदो दिनहरुमा समेत अझ बढी पक्राउ तथा अनुसन्धान गरिने अनुमान गरिएको छ ।

    अन्तराष्ट्रिय सुन तस्कर
    NCB नेपाल र अबुधाबीकोएकिकृत अनुसन्धानको फलस्वरुप हालसालै मात्र INTERPOL रेडनोटिसमा समेत रहेका सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न बेनु श्रेष्ठलाई पक्राउ गरिएको छ । निज श्रेष्ठ ले सुन तस्करी गर्ने संजालको स्थापना लगायत अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र रकम असुली जस्ता अपराधिक कृयाकलापमा समेत वाण्टेड रहेका थिए ।

    संसारको जुनसुकै कुनामा लुकेर बसे तापनि, बहुराष्ट्रितय अपराध अनुसन्धान तथा फरार अपराधिहरुलाई कानूनी दायरामा ल्याउन INTERPOL का उपकरण तथा सेवाहरु कति महत्त्वपूर्ण हुने गर्दछन् भन्ने यी दुई वटा त साना उदाहरणहरुमात्रे हुन् ।

    अन्त्यमा,INTERPOL को प्रहरी प्रमुख म्यागजिनमा मेरा अनुभव र भावनाहरु व्यक्त गर्न यस अवसर प्रदान गरेकोमा म, INTERPOL को महासभालाई हृदयदेखि नै धन्यवाद् ज्ञापन गर्न चहान्छु ।

    चैत्र २०७४ सालमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी प्रमुखको पदवहाली सम्हाले पश्चागत् नेपाल प्रहरीले १७ जना राष्ट्रिय सीमाना बाहिर अपराधिक गतिविधि संचालन गर्ने नेपाली अपराधिहरु विरुद्ध INTERPOL रेडनोटिस जारी गरि सकेको छ । जसमध्ये ११ जना सुन तस्करीमा, १ जना वन्यजन्तु अपराधमा र अन्य लागू औषध तथा मानव बेचविखनमा संलग्न रहेका छन् ।

    सन् १९६७ मा INTERPOL को सदस्य भए पश्चात नेपालले हाल सम्म ८७ वटा रेडनोटिस र ७२ वटा डिफ्यूजन जारी गरी २१ वटा अपराधमा संलग्न व्यक्तिहरुलाईपक्राउ गर्न सफल भई सकेको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…