• बारा, १६ असोज । बाराको फेटा गाउँपालिका– ४ मा एकै घरका ५ जनाको शव सेफ्टी ट्यांकीभित्र भेटिएको छ । घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो ट्यांकीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।

    मृत अवस्थामा फेला परेकामध्ये बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ ।

    बुधबार राति ८ बजेतिर प्रहरीले घटनासम्बन्धी जानकारी पाए लगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएको छ ।

    निर्माणाधीन पक्की घरको सेफ्टी ट्यांकीमा शवहरू भेटिएपछि घटना रहस्यमय बनेको छ । उनीहरुको मृत्युको कारण थाहा हुन सकेको छैन । सेफ्टी ट्यांकीमा शव भेटिएको हुनाले उनीहरुले निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप अनुसन्धानपछि खुल्ने देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…