• काठमाडौँ । बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौँ जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।
    महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् । पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । यहीँ रहेको पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।
    संस्थान काठमाडौँ शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थानअन्तर्गतका दक्षिणकाली, कङ्केश्वरी, शोभा भगवती, मैतीदेवी, गुह्येश्वरी, नक्साल भगवती लगायत सबै शक्तिपीठमा भक्तजनको सुविधाका लागि स्थानीय व्यवस्थापन समितिलाई क्रियाशील गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…