• उर्लाबारी । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खाजेको बताएका छन् । उर्लाबारी—९ दुर्गापुरीमा आयोजित नेपाली कांग्रेस वडा नम्बर ८ र ९ को दशैं तिहार शुभकामना विशेष कार्यक्रममा बोल्दै नेता रिजालले सो कुरा बताएका हुन् ।

    नेकपाको अधिनायवादलाई रोक्नको लागि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
    ‘यो सरकारको गृह परीक्षण गर्नुपरेको थियो, त्यही भएर तनहुँमा आक्रमण र अवरोधको बावजुदपनि हामी अगाडि बढ्ने प्रयास गर्याैंं । सरकार कम्युनिष्ट पार्टीबाहेक अरु पार्टीले राजनीति गर्नुहुँदैन भनेर हिँडिरहेको छ ।


    नेकपाका दुई अध्यक्षहरुमा एउटाले बाघको र अर्काेले सिंहको कुरा गर्नु सामान्य कुरा होईन् । यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’–उनले भने ।
    त्यस्तै, उनले ज्ञानेन्द्र शाही र रवि लामिछानेको विषयको घट्ना हेर्दा पनि सरकार व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने अवस्थामा पुगेको पनि आरोप लगाए । उनले भने,‘आजको गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ ।’

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले महारानी बनाउनको लागि राष्ट्रपति नबनाएको जिकिर गरे । उनले भने,‘त्यसैले अब भरोसायोग्य कांग्रेस बनाउन सकिएन भने नेकपाको अधिनायकवादलाई हामीले धान्न धौ–धौ पर्नेछ । लोकतान्त्र यही सरकारबाट खतरा छ ।’

    काँग्रेस नेता रिजालले नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई गतिविधि गर्न नदिने योजना बनाइरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।
    नेता रिजालले वर्तमान सरकारकै कारण संवैधानिक ब्यवस्था धरापमा परेको आरोप लगाएका छन् । लोकतान्त्रिक विधिअनुसार चुनिएको वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माणमा केन्द्रीत भएको उनको दाबी छ । सबै मिलेर सरकारको प्रतिकार नगर्ने हो भने नेपालबाट संघीय लोकतान्त्रिक ब्यवस्थाको अन्त्य हुने नेता रिजालले स्पष्ट पारे ।
    रिजालले गृहमन्त्रालयको नेत्रित्व अपराधिक मानसिकताबाट ग्रसित भएको दाबी गरेका हुन । आफूमाथि भएकोे आक्रमणप्रति लक्षित गदै उनले सरकारको निर्देशनमा घटना भएको स्पष्ट पारे । नेकपा कार्यकर्ताले गरेको आक्रमणको आफूले शसक्त प्रतिकार गरेको नेता रिजालको भनाई छ ।
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता खड्ग फागोले कम्युनिष्टको गल्तीमा रमाउनु भन्दा पनि जनताको बिचमा गएर काम गरेर मन जित्न सुझाप दिनुभयो । कांग्रेसको निति र विपीको सिद्धान्तलाई पालना गरे कांग्रेसलाई अघि बढ्न मेयर फागाले सुझाएका छन् । कार्यक्रम प्रकाश कन्दङ्वाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…