• उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी वडा नम्बर ८ र ९ को संयुक्त आयोजनामा भएको दशैतिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, राप्रपा,लिम्बूवान र स्वतन्त्रहरु गरी कांग्रेसमा २५२ जना प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीमा नेपाली कांग्रेस मोरङ १ का सभापति खड्ग फागो,साँसद मिनेन्द्र रिजाल लगायतले स्वागत गरे । राप्रपाका साविक राजघाटका पूर्व अध्यक्ष शुक्र घिसिङ, लिम्बूवानका दुर्गा थक्लङ, जनमुक्तीका प्रेम घिसिङ लगायत थुप्रै पार्टी प्रवेश गरेको स्थानीय नेता नरबहादुर मोक्तानले बताए ।

    दुई तिहाईको कम्युनिष्ट सरकारले जनताको भलाईमा केही काम गर्न नसकेको र राम्रा काम गर्नेलाई पनि खुट्टा तान्ने र जालझेल गर्ने कम्युनिष्ट प्रवृत्तिका कारण पनि कांग्रेसमा आकर्षण बढेको मोक्तानको भनाइ छ । नेता खड्ग फागोले नगर र क्षेत्रहरु निष्कृय भइरहेको अवस्थामा वडाले भब्य कार्यक्रम गरेकोमा धन्यवाद समेत दिए । फागोले कम्युनिष्टको गल्तीमा रमाउनु भन्दा पनि जनताको बिचमा गएर काम गरेर मन जित्न सुझाव दिए । कांग्रेसको निति र विपीको सिद्धान्तलाई पालना गरेर कांग्रेसलाई अघि बढ्न मेयर फागाले सुझाएका छन् । कार्यक्रम प्रकाश कन्दङ्वाको सभापतित्वमा कार्यक्रम सम्पन्न कार्यक्रममा  नेताहरु ललित अधिकारी,भीम थापा, नगर सभापति बीररल थापा,महिला नेतृ शोभा पालुङ्वा, सीता कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…