•  

    काभ्रे– व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन। व्यक्तिले गरेका गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने उनले बताए।

    मन्त्री बाँस्कोटाले यौन दुर्व्यवहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराको नाम नलिइकन कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्ने जनाए। नेकपा बनेपा नगर कमिटीको एक कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गरे ‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले र्गयो त? त्यसबारेमा त त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ।’

    ‘कसैले गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यसमा उही जिम्मेवार हुने हो, हामीलाई के मतलव ?’मन्त्री बाँस्कोटाले भने। मन्त्री बाँस्कोटाले यस्ता घटनाहरु समाजमा भइरहने भन्दै चिन्तित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे।

    ‘यस्ता घटनाहरु समाजमा भइरहन्छन, समाजमा राम्रा मान्छे पनि हुन्छन, नराम्रा मान्छे पनि हुन्छन, ’उनले भने, ‘नराम्रा पाखा लाग्छन, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, कुरा त्यही हो।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…