• क्यानाडाको अल्बर्टा प्रान्तको एडमन्टन शहरमा गत महिनाको सेप्टेम्बर २२ तारिखका दिन नेपालीहरुको मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न भएको छ। एडमन्टन को दक्षिण भागमा बस्ने नेपालीहरुको ढुकुटी समुह “हातेमालो ढुकुटी समुह” द्वारा आयोजित उक्त बनभोज कार्यक्रममा ४ वर्षको बच्चा देखी ६८ वर्ष सम्मका नेपाली बुबाहरुको सहभागिता रहेको थियो। बिदेशी भुमीमा नेपालीहरु बिच आपसी सद्भाब, मेलमिलापका साथै नेपाली कला र संस्कृतिको बिकास तथा प्रबर्धनको उद्देश्यले सम्पन्न भएको बनभोज कार्यक्रममा हातेमालो ढुकुटी समुह का १२ परिवारको सहभागिता थियो।

    गृष्म ऋतुको विदाई संगै सरद ऋतुको आगमनलाई स्वागत गर्दै एडमन्टन शहरबाट लगभग १०० कि.मी. दुरीमा अवस्थित” वाबामुन प्रान्तीय पार्क “मा बनभोज कार्यक्रम आयोजना भएको थियो। बन्भोजमा बिशुद्ध नेपाली परिकारहरु बनाईएको थियो। बिहानको नास्तामा चिया, पुरी र तरकारी संगै शुरु भएको बनभोजमा दिन चढ्दै जादा गीत संगित र विविध नृत्यले माहोल तातेको थियो। मन्द मन्द हावाको साथमा घमाइलो दिन भएकाले बनभोज कार्यक्रम रमणिय भएको थियो। नेपाली संगित घन्किदा सहभागी परिवारका साथसाथै पार्कमा रमाइलो गर्न परिवार सहित आएका अन्य व्यक्तिहरु पनि नाच्न थालेका थिए। ढुकुटी समुहका हरेक परिवारका जोडीले नृत्य प्रस्तुत गरेका थिए भने अन्य मनोरन्जनात्मक खेलहरु पनि खेलाइएको थियो। बुबा आमा तथा बालबालिकाको मनोरन्जनका लागी रुमाल लुकाई खेलाइएको थियो।


    उक्त बनभोज कार्यक्रममा अल्बर्टाका लोकप्रिय नेपाली गायक तथा चर्चित कलाकार निश्चल नेपालले मिठा गीतहरु गाएर सहभागी हरुलाई नचाउनु भएको थियो। त्यसै गरि धुर्ब श्रेष्ठले गजल एवंम कविता बाचन गरेर मनोरन्जन प्रदान गर्नु भएको थियो
    यहॉको व्यस्त जीवनमा मधुरता एवंम आपसी मेलमिलापका साथै भाइचारा बढाउन यस्ता बनभोज कार्यकृम सफल हुन्छन भन्ने कुरामा ऑफु विश्वस्त रहेको हातेमालो ढुकुटी समुहकी अध्यक्ष मिनु श्रेष्ठले बताउनु भयो। साथीहरुको सकृय सहभागीताले आफु अत्यन्त हर्षित एवंम उत्साहित रहेको कुरा बनभोज कार्यक्रमका संयोजक कमल पाण्डेले बताउनु भयो र भविष्यमा पनि यस्ता बनभोज कार्यक्रमहरु गरिने जानकारी दिनु भयो।


    हातेमाले ढुकुटी समुह एडमन्टनले हरेक महिना यस समुहमा आबद्ध प्रत्येक परिवारको घरमा “ढुकुटी पारिवारिक तथा सांगितिक भेटघाट सॉझ” आयोजना गर्ने गरेको छ। हरेक महिना हुने यो कार्यकृममा एडमन्टनका कलाकार तथा लोकप्रिय गायक निश्चल नेपालले आफ्नो सांगितिक प्रस्तुति दिएर मनोरन्जन प्रदान गर्दै आउनु भएको छ। साथै हरेक परिवारको जोडीले

    रमाइला नृत्य प्रस्तुत गरेर कार्यकृमको शोभा बढाउदै आउनुभएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…