• ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न पुग्नेहरुको संख्या बढ्दै गएको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यो मन्दिरको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहीआएको छ ।
    पाथीभरा देवीको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा ठूलो महत्व छ । नेपालकै प्रमुख शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा नवरात्रको समयमा विशेष पूजा अर्चना गरी बली चढाउने चलन छ । वर्षेनि २ लाखभन्दा बढी दर्शनार्थी आउने यस मन्दिरमा धार्मिक पर्यटन विकासको पनि ठूलो सम्भावना देखिन्छ । देशभरी नवदुर्गा भवानीको पूजाअर्जना भव्यताका साथ सुरु भइरहँदा पाथिभरा देवीको मन्दिरमा पनि चहलपहल भइरहेको छ ।
    देवी पाथीभराले भक्तजनहरूले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीको महिमा र देवीप्रतिको आस्थाका कारण देश विदेशबाट दर्शनार्थी आउने क्रम जारी छ । मन्दिरप्रतिको श्रद्धा र यसको शक्तिबारे मानिसहरुमा गहिरो विश्वास देखिन्छ । साक्षात् शक्तिशाली देवीको रुपमा परिचित यस मन्दिरमा भाकल र दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको दर्शनार्थी बताउँछन् ।
    प्राय बाह्रै महिना दर्शनार्थी खचाखच हुने यस मन्दिरमा नवरात्रिको अवसरमा त अझ थामिनसक्नु घुइँचो हुने गरेको छ । पाथीभरा दर्शनका लागि पहिलेदेखि नै राजा, महाराजादेखि उच्च पदस्थ अधिकारीहरु पनि आउने गर्दथे र अहिले पनि आउँछन् । हिन्दु धर्मावलम्बी मात्र होइन किराँत धर्म मान्नेहरु पनि यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटन प्रवर्द्धनका हिसाबले ठुलो सम्भावना बोकेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर अझै पनि भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारको पर्खाइमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…