• ओम आचार्य
    नेपाली काग्रेस समय र परिस्थिति अनुसार आवस्यक समयमा आफ्नो क्रोध प्रकट गर्छ र काग्रेसको क्रोधमा नेपालको राजनीति एवं व्यवस्था परिवर्तन भएका छन । नेपाली कांग्रेसाकै क्रोधमा १०४ बर्षे राणा शासन गयो ,नेपाली कांग्रेसकै क्रोधमा पंचायत व्यवस्था गयो , र नेपाली काग्रेसकै क्रोधमा राजशाही गयो र संघिय लोकतान्त्रिक गणतन्त्र आयो ।

    नेपाली काग्रेसमा विपी कोइराला एक भैरव जस्ता थिए तिन्को क्रोधको अगाडी व्यक्ती त के व्यवस्था पनि भयभित हुन्थ्यो तिनै वि पी कोइरालवाट नेपाली काग्रेसमा थुप्रै दीक्षित सिस्य छन र ति सवै सिस्यहरुमा विपीको सक्ती र भैरव रुप प्रवेस भएका छन अहिले नेपाली काग्रेसमा यस्ता भैरवहरु थुप्रै छन तिनिहरुको क्रोध प्रकट हुन मात्र वाकि छ कथंकदाचित त्यो क्रौध प्रकट भयो भने बुज्नुस हनुमानको क्रोधमा लंका तहसनहस, रामको क्रोधमा रावण सकियो , नरंसिम्हको क्रोधमा हिरण्यकस्यप सकियो , कृष्णको क्र्रौधमा कंश सकिंए जस्तै सकिन्छन ।
    त्यस्तै अर्का भैरवस्वरुप गिरिजा प्रसाद कोंइराला थिए तिन्को क्रोधमा त नेपालको राजनीतिक प्रणाली आमुल परिवर्तन भयो र यिन्कै क्रोंधमा राजशाही पनि गयो ।

    यस्तो इतिहास वोकेको नेपाली काग्रेसलाइ नेकपा दुइ तिहाइ सरकारले जिस्काउदैछ , नेपाली काग्रेसलाइ विच्काउदै छ , लोकतन्त्रलाइ संकुचनमा ल्याउन खोज्नु , प्रेस तथा वाक स्वतन्त्र कठोर वनाउदै जानु , नै नेपाली कांग्रेसलाइ विच्काउनु हो , नेपालि काग्रेसलाइ चिढाउनु छ भने क्रोधित वनाउनु छ भने केही गर्नु पर्दैन मात्रै लोकतन्त्र दमन गरे पुक्छ , कानुनी राज्यलाइ तहस नहस गरे पुक्छ ।लोकतन्त्र र नेपाली काग्रेसको अन्तरंग सम्वन्ध छ । लोकतन्त्रकै लागी नेपाली काग्रेसको जन्म भएको हो र यो लोकतन्त्र नेपालि काग्रेसमै सहज अनुभुती गर्छ , नेपाली काग्रेसमै यो लोकतन्त्र रमाउछ स्वत स्फुर्त भएर यस्को जीवन पल्लवित हुन्छ । नेपाली काग्रेसमै लोकतन्त्रको जीवन हस्ट पुस्ट हुन्छ , लोकतन्त्रको रगत वन्दै , हाडमासी वन्दै गिदी वनेर स्वस्थ्य लोकतन्त्र देख्न पाउछौ ।

    [caption id="attachment_28111" align="alignleft" width="229"] ओम आचार्य[/caption]

    हो यही लोकतन्त्रको विपक्षमा प्रस्तुत हुदा , यस्को दमन हुदा नेपाली काग्रेसमा क्रौध आउनु स्वभाविक र प्राकृतिक हो यो कुरा नेकपा ले बुजेको छ की छैन बुजेको छैन भने बुजोस कि यसरी नेपालि काग्रेसको क्रोध प्राकट्य गर्न चाहेको हो भने , पुन क्रोध जन्माउन खोजेको हो भने अव नेपाली काग्रेस अहिलेको संघिय लोकतांत्रिक गणतन्त्र व्यवस्थामा आफ्नो क्रोध प्रकट गर्दैन नेपालि काग्रेस संबिधान विरुध्द क्रौध प्रकट गर्दैन , नेपालि काग्रेसको क्रोध अव सरकार विरुध्द , सरकारको अधिनायक विरुध्द , सर्वसत्तावाद विरुध्द सरकारको चरित्र र आचरण विरुध्द सरकारबाट पोषित भइरहेको भ्रंष्टचार र वलत्कार एवं हत्या विरुध्द हुनेछ छ त्यतिखेर त्यो क्रोधको समन गर्ने ताक़त कसैसंग हुने छैन त्यती खेर क्रौधले आफ्नो लक्ष्य भेदन नगरी सान्त हुने छैन । त्यो क्रोधमा को को खरानी हुन्छन थाहा छैन !

    अहिले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र यस्को अभ्यास र यस्लाइ क्रियाशील गराउने अवस्थामा रहेको स्थितीमा वर्तमान नेकपा को दुइतिहाइ सरकारवाट मित्र राष्ट्र चिनको (सि विचारधारा ) लाइ भित्र्याउने अभ्यासको कै प्रयोजनमा स्कुल विभागबाट प्रशिक्षण शिविर गराउनु नेपालि जनता र अन्य राजनीतिक दलहरु ससंकित छन , यो प्रकरणवाट पनि नेपाली काग्रेस क्रोधित भएको छ र नेकपा संग विस्वास हटदै गएको छ ।
    अहिले नेपालि काग्रेसमा पाटी सभापती शेरवहादुर देउवा नेकपा विरुध्द अत्यन्त क्रोधित देखिएका छन यसै क्रमामा डा. मिनेन्द्र रिजाल , डा. शेखर कोइराला , डा. डिला संग्रौला लगायत नेताहरुको क्रौध प्रचुर देख्न पाइन्दैछ । यि सवै क्रोधहरुलाइ नेपाली काग्रेसले एकत्रिस गरोस यो कार्य गर्न केन्द्रिय सदस्य लगायत पाटी सभापतीको बढ़ी ज़िम्मेवारी र गम्भिर रहन आवस्यक देखिएको छ । यस्तो परिस्थिति निर्माण भएमा मात्र काग्रेसको क्रौधले लक्ष्य भेदन गर्न सक्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…