• असोज १८, २०७६

    काठमाडौं : सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीको स्वास्थ्य परीक्षण गरिएको छ। प्रहरी स्रोतले यस मुद्दामा कुनै कसर नराखी अनुसन्धान गर्ने जानकारी दिँदै सो कुरा बताएको हो।

    संघीय संसद सचिवालयमा नर्सको पदमा कार्यरत रोशनी शाहीको यौन दुर्व्यवहार गरेको भनिएको ६ दिनपछि प्रहरीको निगरानीमा स्वास्थ्य परीक्षण गरिएको हो। उनले गत आइतबार सभामुख रहेका महराले आफ्नो कोठमा आएर यौन दुर्व्यवहार गरेको संचार माध्यमबाट सार्वजनिक गरेकी थिइन्। उनले त्यस्तो बताएको दोस्रो दिन नै बयान फेर्दै महराले आफूमाथि यौन दुर्व्यवहार नगरेको कुरा संचार माध्यममा बताएकी थिइन्।

    नेपाल प्रहरीको उच्च स्रोतले समाचारमा नाम उल्लेख नगर्ने शर्तमा भन्यो, 'रोशनी शाहीको स्वास्थ्य परीक्षण र बयान लिइएको छ। बाँकी अनुसन्धानको काम अगाडि बढेको छ।' प्रहरीले हिजो शुक्रबार रोशनी शाहीको बयान लिएको प्रहरी स्रोतले बताएको छ। महराविरुद्ध उजुरी दिएकोबारे प्रश्न गर्दा ती अधिकारीले अहिलेसम्म त्यस्तो नभएको बताएका छन्। उनले अनुसन्धान भने जारी रहेको बताए।

    नयाँ बानेश्वर प्रहरी वृत्तमा रोशनीको उनका श्रीमानको उपस्थितिमा बयान लिइएको ती अधिकारीले बताए। यता, बानेश्वर वृत्तका इन्चार्ज डिएसपी दुर्गा रेग्मीले भने यो विषयमा केही प्रतिक्रिया दिएनन्। उजुरी दर्ता भएको हो? भन्ने थाहा खबरको प्रश्नमा उनले अनुसन्धान भइरहेको भन्नेबाहेक केही प्रतिक्रिया दिएनन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…