काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् ।
जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा शाहीले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा शुक्रबार जोहरी दिएकी हुन् ।
१३ असोजमा पीडित महिलाले आफूमाथि महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको दाबी गरेकी थिइन् । त्यसपछि महराले पदबाट राजीनामा दिएका थिए ।
उनको जाहेरीपछि महरा पक्राउ पर्न सक्ने संकेत प्रहरीले गरेको छ ।