• काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ ।

    प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ ।

    यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ । महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ ।

    शनिबार पीडित रोशनीले बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । शनिबार बिदा परेकोले आइतबार जाहेरीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…