•  

    उर्लाबारी । रिसोर्ट र फन पार्कमा आखाँको रमितिका लागि राखिने सामग्रीहरूको ब्यापार मोरङको उर्लाबारीमा सुरु भएको छ । प्रदेश नं. १ मा नै पहिलो पटक काब्य मेक्स प्रालिले एम्युस्मेन्ट (रमिताका लागि राखिने कृत्रिम साधन)
    सामग्रीको ब्यापार सुरु गरेको हो ।

    फनपार्क र रिसोर्टहरूमा मान्छेलाई आकर्षण गर्न यस्ता सामग्रीहरू राख्ने गरिन्छ । भारत र चीनबाट आयात हुने एम्युस्मेन्टका सामग्रीहरू पछिल्लो समय मन्टेश्वरी स्कुलहरूले बढी प्रयोग गर्न थालेका छन् ।
    काब्य मेक्स प्रालिका सञ्चालक विश्वास ढकालले भन्नुभयो–‘२ करोड रुपियाँ लगानी भइसकेको छ । माग धेरै छ । तर, अब भारत र चीनबाट आयात हुने सामग्रीको आयात घटाएर नेपाल कै कलाकारलाई काम दिने सोच रहेको सञ्चालक ढकालले बताउनु भयो ।

    स्थानीय निकाय स्वायत्त भएपछि प्रत्येक नगर र गाउँपालिकाले आफ्नो क्षेत्रका पर्यटकीय स्थलमा यस्ता मानव निर्मित सामग्री राखेर आकर्षण बढाउने काम गरिरहेका छन् । अझ सामूदायिक वनहरूले समेत वर्सेनि लाखौं रुपियाँ लगानी गरी सीमसार क्षेत्रमा मानव निर्मित कृत्रिम कला सामग्री राखेर आकर्षण बढाइरहेका छन् ।
    खासगरी मन्टेश्वरीहरूलाई लक्षित गरी एम्युस्मेन्टका सामग्रीको ब्यापार सुरु गरिएको सञ्चालक ढकालले बताउनु भयो । उहाँले भन्नुभयो– मन्टेश्वरीमा बालबालिकालाई जनावार, पंक्षी लगायतका अन्य वस्तु र चीज चिनाउन यस्ता सामग्रीको प्रयोग गरिन्छ । तर , पछिल्लो समय फनपार्क र रिसोर्टमा यस्ता सामग्रीको प्रयोग धेरै नै हुन थालेको छ ।
    फोटो पनि छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…