• पथरी । अरु भन्दा भिन्न लुक्स, सधैं आफ्नो काममा तल्लीन र आफ्नो ठाउँमा बिग्रिएको कार्यलाई खबरदारी गर्ने बानी छ उनको । उनी हुन् पथरीशनिश्चरे वडा नं. १० का अध्यक्ष सागर राई ।

    यस पटक भने उनी तिज, दशैँ, तिहार जस्ता चाड पर्वहरुको अवसरमा छुट्याइएको आफ्नो रकमबाट एक अपाङ्ग बालिकालाई ह्वीलचियर दिएका छन् । पथरीशनिश्चरे–१० बिरेन्द्र टोल की बालिका आइशा राई आफैँ हिडडुल गर्न नसक्ने अवस्थामा छिन् । उनलाई दिशापिशावका लागि समेत अरुको साहाराको खाँचो हुनेगरेको अवस्थामा ह्वीलचियर अध्यक्ष राईले वितरण गरेका छन् । ह्वीलचियर पाएपछि बालिका आइशा एकदमै खुशी भएकी छिन् । परिवारले पनि वडाध्यक्षलाई धन्यवाद ज्ञापन गरे ।

    ह्वीलचियर वितरणपछि अध्यक्ष राईले अब वडामा बाँकी रहेका सम्पूर्ण फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यक सामाग्री प्रदान गर्ने भावी योजना रहेको राईले बताए ।

     

    https://www.youtube.com/watch?v=Ush2gfpgYj4&feature=youtu.be&fbclid=IwAR0plYVteJ6WSbIL86cappqfTFmqdH_lC1Ker-3wf9MuAPsvA3h1oUgWed8

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…