काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा परेका छन् ।
अदालतले महरालाई पक्राउ गर्न आदेश दिएलगत्तै प्रहरीको एक टोली बालुवाटारमा सभामुखको सरकारी निवासमा पुगेर निवर्तमान महरालाई पक्राउ गरेको हो ।
महरालाई प्रहरीले नियन्त्रणमा लिएर निजी गाडीमा हालेर लगेको हो । सुरुमा उनलाई नियन्त्रणमा लिन कालो रंगको सरकारी गाडी लगिएको थियो । तर, उनलाई उक्त गाडीमा नहाली अर्के रातो रंगको गाडीमा लगिएको हो ।
आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । पक्राउ परेसँगै उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान गरिने प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डिएसपी होविन्द्र वोगटीले बताए ।