• पेनाङ मलेसिया
    असोज-१९

    नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज अक्टोबर ६ तरिख आइतबार पेनाङ स्थित सनवाई होटलमा अधिवेशन सम्पन्न भएको हो ।घेदुङ पेनाङ मलेसियाको अधिवेशन सुरुवातमा नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रबाट पल्नु हुने अतिथिहरूलाई खाद लगाएर स्वागतबाट कार्यक्रम सुरु भएको थियोे । २००५ मा मलेसियामा गठित तामाङ समाजबाट सबै मलेसियामा रहेका तामाङहरूलाई एक गराउदै गत जुलाई २१ तरिखमा अधिवेशन पश्चात् अहिले पेनाङमा क्षेत्रीय समिति गठन गरेको हो ।

    अधिवेशनबाट राम काजी घ्लान तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्ष बुद्ध स्याङबो तामाङ, महिला उपाध्यक्ष सानू माया स्याङतन तामाङ, सचिव जीवन घ्लान तामाङ, सह-सचिव सबिन लोप्चान तामाङ, कोषाध्यक्ष कुलदास दोङ तामाङ, सह-कोषाध्यक्ष देवराज तामाङ रहेका छन् ।

    त्यसैगरी सदस्यहरुमा क्रमशः दिपक तामाङ, गम्भीर तामाङ, बुद्ध मान तामाङ, सुनैना तामाङ, वाङदा बोम्जन, बिजय तामाङ, सनिता तामाङ लाई चयन गरेको छ । सल्लाहकारहरूमा क्रमशः प्रमुख सल्लाहकार लनम तामाङ, सल्लाहकार नोर्बु दोङ तामाङ, सल्लाहकार जितु पाख्रिन कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाईबा तामाङले नवनिर्वाचित टिमलाई शुभकामना दिए। "ह्यङ्लान ग्योई ह्यङ्लान काई जम्मान डिक्सी जम्वुलिङरिन छार्नालाई " यस तामाङको नारालाई सम्बोधन गर्दै वाईबाले पहिचान, स्वतन्त्रता र समानुपातिक अधिकारको सवालमा हामीलाई जति पनि राज्य सात्तले तला परेका छ यस सावलमा तामाङ घेदुङ राज्यसँग निरन्तर लडिरहेको बताए ।

    उनले थपे- हामी तामाङ घेदुङ कुनै नाफा कमाउनको लागि गठन गरेको संस्था होइन यो संस्थाबाट हामी नेपाल पुगेर नेता बन्छु भन्ने कुनै साथीको मनमा होला तर यो बिलकुलै नभए र हामी स्वतन्त्र बिशुद्दा मन देखि लाग्न सबैलाई आग्रह गरेका छन । २० मिनेट लामो कुरामा वाईबाले हाम्रो तामाङहरूमा खुट्टा तान्ने प्राविधि रहेको र यो प्रविधिलाई अन्त्य गर्न पनि अनुरोध गरेका छ । वाईबाले नयाँ बर्षा अर्थात मुख्य चाड भनेको ल्होछार रहेको र हामी तामाङले मनाउने ल्होछार मञ्जुश्री पात्रोमा रहेको सोनाम ल्होछार तामाङ रहेको र हामीले ल्होसारलाई प्राथमिकताका साथ मनाउन अनुरोध पनि गर्नु भएको छ ।

    आजको समारोहमा अतिथिको रूपमा उत्पीडित जागरण अभियान समाज मलेसिया उपाध्यक्ष गणेश सुदुर पश्चिम नेपाली समाज मलेसिया सल्लाहकार दिनेश खड्का, प्रवासी कलाकार संघ पेनाङ सल्लाहकार दिपक यादव,ओखलढुंगा समाज पेनाङ मलेसिया अध्यक्ष राज सुनुवार किरात, नेपाल अदिवासी जनाजाती पत्रकार महा संघ मलेसिया शाखा (फोनिज) प्रतिनिधित्व राज मान तामाङ, नेपाल तामाङ कलाकार संघ मलेसिया सजिव अमिर लोप्चान तामाङ, थारु सेवा समाज पेनाङ मलेसिया सजिव अर्जुन चौधरी , लाणि दिनि युवा समाज मलेसिया अध्यक्ष , मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसिया उपाध्यक्ष श्ववाण लुङेली मगर रहेका थिए ।

    बुद्ध स्याङबो तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय कलाकारहरु सुनैना तामाङ, बिजय तामाङ , सुनिता तामाङ , सानु माया तामाङ ,सबिन लोप्चान तामाङ , मिङ्खु तामाङ , जीवन ग्लान तामाङ, अमिर लोप्चान, बुद्ध तामाङ, सबिना तामाङ, अनिल दोङ तामाङ, बसन्ती घिमिरे , निश रहुल, बाबु बिकास, मनु तामाङ लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

    आज नै केन्द्रीय अध्यक्ष राजेन्द्र वाईबाले नवनिर्वाचित सबै पदाधिकारीहरूलाई एक मुट्ठा संस्थाको नाममा सपथ ग्रहण पनि गराएको थिए ।आजको अधिवेशन कार्यक्रममा एउटा दुवै मृगौला फेल भई काठमाडौंको एक अस्पतालमा छट्पटी रहेका पिडित बिक्रम सुनुवार लाई सहयोग स्वरूप एक अभियान चलाएको थियोे र उपस्थित सबै सहयोगी मनकारीहरूले सहयोग गरि अभियान्ता अङ्किता लिम्बुलाई १२७२ रिङ्गेट उठाएर बुझाएको थियोे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…