• काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई बद्नाम गर्न केहि गिरोह लागे । आइजीपी खनालको हाईहाईले थचक्क परेकाहरुले गरेको प्रयास पानीका फोका भयो ।

    कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणलाई अघि सारेर हरेक पटक उनै आइजीपी खनाल माथी प्रहार गरियो । हो कन्चनपुरकी बालिका निर्मला पन्तले न्याय पाउनै पर्छ ।

    आइजीपी खनालले तत्कालिन जिल्ला तहका प्रहरी अधिकारीलाई अनुसन्धानको घेरामा राखे । निलम्बन पनि गरेका छन् । उक्त घटनाको अनुसन्धान पनि जारी छ । अनुसन्धान र कानुनी कारबाहीमा नेपाल प्रहरीको शाख गुमेको छैन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको "सुरक्षा छवी" उच्छालिएको छ ।

    नेपाल प्रहरीको नेतृत्व लिएसँगै विभिन्न क्षेत्रसँग समन्वयगरि सामुदाय प्रहरी साझेदारी कार्यक्रमले आम नागरिकमा सरल र सहज ढंगबाट ठुला ठुला घटना पनि कानुनी फन्दामा परिरहेको समयमा आईजीपी सर्बेन्द्र खनालको छवी अन्तर्राष्ट्रिय रुपमै गणना हुन थालेको हो । आईजीपी खनालको नेतृत्वमा संगठनको छवी चुलिँदै गएपछि केहि धर्मराए ।

    पछिल्लो पटक गृहमन्त्री रामबहादुर बादलका भाई नरेश थापा पनि पक्राउ परे । आइजीपी खनालले गरेको गृहमन्त्रीसँग समन्वय गरे ।

    सत्ताका नेतृत्वधारीलाई खुशी पार्ने जसो पनि गर्ने प्रहरी प्रशासन फेरिएको छनक यहि घटनाले पनि प्रमाणित गरेको छ । नरेश थापाले संगठित अपराधीसँग साँठगाँठ गरेको सूचना पाएपछि आइजीपी खनालले उनलाई पक्राउ गर्न मातहतलाई निर्देशन दिएका थिए।

    कानुनी राज्यका लागि अहोरात्र खटिदैँ प्रहरी संगठनलाई गति दिने क्रममा तालुकदार मन्त्रालयका गृहमन्त्री रामवहादुर थापाका भाई नरेश थापा ज्यान मुद्दाका अपराधीसँग मिलेर फिरौतीमा सम्लग्न रहेको अभियोगमा थियो । उनी पक्राउ परे। गृह मन्त्रीका आफ्नै सहोदर भाईले गल्ती गरेपछि आइजीपी खनालले हिरासतमा राखेर छानबिन गर्नु पर्ने बारे सम्झाएका थिए ।

    त्यसैगरि भिभिआइपी तत्कालिन सभामुख कृष्णबहादुर महराका बारेमा बलत्कारको आरोप लाग्यो । आइजीपी खनालले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गराएरै छाडे ।

    नेपालको इतिहासमै बहालवाला उच्च पदाधिकारी नेपाल प्रहरीले पक्राउ परेको पहिलो घटना हो । दश वर्ष लामो सशस्त्र जनयुद्ध लड्दाका गृहमन्त्री वादलका सहकर्मी योद्धा हुन् महरा । त्यसका लागि खनालले राम्रैसँग कनिभन्स गरेका छन्,गृहमन्त्री सहित सत्ताधारी नेतृत्वतहका उच्च अधिकारीलाई ।

    राजनीतिले यस्तो मोड ल्यायो गृहमन्त्री वादललाई निर्णय गर्न हम्मेहम्मे पर्यो । कानुनी राज्यमा कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्न भन्ने सन्देश महरा पक्राउले नै दिएको छ ।

    आइजीपी खनालले घटना सार्वजनिक भए लगत्तै कानुनको पालनामा चुक्न नहुने बताउँदै आएका थिए । दोषी कसैलाई पनि छुट नदिनु कानुन राज्य हो । महरा घटनासँग जोडिएका धेरै तथ्य प्रमाण सहित प्रहरीले आइतबार साझ पक्राउ गर्यो । महरालाई सिंहदरबार प्रहरी वृतमा राखी अनुसन्धान गरिने भएको छ ।

    घटनाले पार्टी र सरकारको समेत बदनाम हुने भन्दै आवश्यक कानुनी कारबाहीमा अगाडि बढ्नुपर्ने सम्मको सुझाव सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डलाई पुगेको हो ।

    महरा प्रकरण र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको खबरदारी हेर्दा केपी ओली सरकार देशलाई कानुनी राज्यमा बिधिको शासनलाई लागु गराउन तल्लिन परेको देखिन्छ ।

    तर सत्ताधारी नेकपाकै कार्यकर्ताहरुले चितवनमा ज्ञानेन्द्र शाही र तनहुँमा कांग्रेसका नेता मिनेन्द्र रिजाल सहितको समुहलाई गरेको आक्रमणले भने सत्ताको उन्मादमा लगाम विहिन बनेकोमा चिन्ता बढाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…