• असोज २० पथरी ।
    मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० ऐयावारीका राजकुमार लिम्वु विगत ४ महिना देखी प्रहरीको खोजीको लिष्टमा रहेका छन् ।
    लिम्वुले गत असारमा सोही स्थान वस्ने एक सुस्त मनस्थिती भएकी महिलालाई घरमै छिरेर उनिमाथी अभद्र व्यावहार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि उनि प्रहरीको खोजीको लिष्टमा परेका हुन । तर अहिले सम्म प्रहरीले लिम्वुलाई नियन्त्रणमा लिन सकेको छैन ।
    गत असारमा श्रीमान श्रीमती सुतिरहेको ठाँउबाट श्रीमतीलाई तानेर लैजान खोज्दा श्रीमान रण बहादुर चेम्जोङले थाहा पाएर हो–हल्ला गरेपछि लिम्वु भागेको चेम्जोङले बताए ।
    चेम्जोङ भन्छन् –“हामी सगै सुतिरहेका थियौ म‘त राम्रो सग कान पनि स्ुन्दिन सगै सुतिरहेको बेला राति श्रीमतिलाई कसैले तान्न खोजेको देखेपछि उठ्दा श्रीमतिलाई छाडेर उ भाग्यो अनि निस्केर पछि पछि लागे पछि लाग्दा मोवाईल भेटाए अनि मोवाईल लिएर भोली पल्ट प्रहरीको आउदा राजकुमार लिम्वु भएको आफुले थाहा पाएको हुँ”। ४ महिना बिती सक्दा पनि प्रहरीले लिम्बुको खोजि कार्य नगरेको चेम्जोङको भनाई छ ।
    गाँउ घरमा बनिबुतो गरेर जिविको पार्जन गर्दै आएका चेम्जोङ र उनकी श्रीमती अन्यायमा पर्दा सम्म उनलाई न्यायको बाटो देखाउने र साहनुभुति दिने आफन्त सम्म छैनन् ।
    स्थानियहरुको सहयोग र जन–प्रतिनिधिको पहलमा ईलाका प्रहरी कार्यालय पथरीमा लिम्वु विरुद्ध जाहेरी परेको भएतापनि प्रहरीले भने अहिले सम्म लिम्वुलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी वढाउन सकेको छैन ।
    लिम्वुका विषयमा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिसपि) लक्ष्मीराज अधिकारी भन्छन् –“ ९० दिन सम्म नभेटिए पछि जिल्ला प्रशाशन कार्यालयमा एक तर्फी मुद्धा पेश गरेका र्छौ ।”
    अधिकारी भन्छन् अपराधी जतिसुकै चलाख भएपनि कानुनी दायरामा ल्याएरै छाड्छौँ ।
    यता सोही विषयमा जिल्ला प्रशाशन कार्यालय मोरङका प्रमुख मदन भुजेल भन्छन्–“अपराध गरेको ठहरीएमा नेपालको प्रचलित कानुन अनुसार अभद्र व्यावहार अन्र्तगतको क्षतिपुर्ति र सजाय दिलाउने छौँ ।
    पथरीशनिश्चरे ९ र १० मा रहेको सिता छधारे वन समितीमा सचिव रहेका लिम्बुले पटक पटक घरमा आएर अभद्र ब्यावहार गर्ने गरेको चेम्जुङले बताए ।
    तर यता नगरपालीकामा सुस्तमनस्थीती भएका माथि करणीको प्रयास हुदा सम्म पनि कुनै चासो नभएको वडाध्यक्ष सागर राईले बताए ।
    वडाध्यक्ष राईले सुस्तमनस्थीती परिवारले न्याय पाउनु पर्ने र करणीको प्रयास गर्ने लिम्बुले सजाय भोग्नु पर्ने भन्दै पटक पटक इलाका प्रहरी कार्यालय धाईरहेका छन ।
    सिता छधारे सामुदायीक वन उपभोक्ताले समेत लिम्बुलाई कुनै कावाही गरेको छैन भने । ४ महिना देखि कार्यलय सचिव बिहिन रहेको उपभोक्ताको गुनासो छ ।
    लिम्बुले दुई वटी श्रीमति ल्याएको तर उनको आचरण खराव रहेकाले श्रीमतिहरुले छोड्ने गरेको स्थानिय बताउछन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…