• दमक, असोज २० गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवमीको दिन झापामा गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रमको तयारी पूरा भएको छ । २५ बर्ष अघिदेखि लगातर नवमीको दिन झापाको बिर्तामोडमा आफ्नै खर्चमा गर्दै आउनुभएको यो कार्यक्रम पहिलो पटक गृह नगर दमकमा गर्न लाग्नु भएको हो ।
    प्रधानमन्त्री ओली दिउसो १२.०० बजे कार्यक्रमस्थल दमक ८ को एक पार्टी प्यालेसमा आइपुगेर कार्यक्रम शुरु हुने जनाईएको छ । नेकपाका स्थानीय नेता गगन पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एक हजार जना उपस्थित हुने अपेक्षा अनुसार तयारी पूरा भएको उहाँले जनाउनु भएको छ ।
    पर्टीका नेता कार्यकर्तादेखि लिएर सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत ओलीले उपस्थितिका लागि निमण्त्रणा पठाउनुभएको थियो । सामाजिक संघसंस्थाका प्रतिनिधि तथा अन्य राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता समेत कार्यक्रममा सहभागि हुने जनाईएको छ ।
    सुरक्षा श्रोतका अनुसार ओली भद्रपुर बिमानस्थलमा उत्रेर दमकमा कार्यक्रम स्थलमा आउने कार्यक्रम रहेको छ । आज अपरान्ह नै उहाँ फर्कनु हुनेछ । ओली आउने भएपछि दमक सहित झापाको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…