• काठमाडौं। नेपालीहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ। राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाउँ घर फर्किइसकेका छन्। मान्यजनको हातबाट टिका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा भएका छन्। यो वर्षको दशैंमा नेताहरुले दशैं कहाँ र कसरी मनाउँछन् भन्ने विषयमा हामीले जानकारी दिने कोशिश गरेका छौं।

    प्रचण्ड (नेकपा अध्यक्ष)
    नेकपा अध्यक्ष प्रचण्डको दशैंको अहिलेसम्म कुनै कार्यतालिका तय भएको छैन। काठमाडौंमै मनाउने वा काठमाडौं बाहिर जाने भन्ने तय नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए। विगतका वर्षमा प्रचण्ड आफैंले टिका नलाएपनि अरुलाई भने लगाइ दिने गरेका थिए। तर यो पटक भने दशैंको कुनै योजना नै बनेको छैन। यद्यपी प्रचण्ड दशैंमा कतै घुम्न जानसक्ने पनि बताइएको छ। श्रीमती सिता दाहाल अस्वस्थ भएका कारण उनलाई लिएर कतै घुम्न जान सक्नेसमेत संभावना छ।

    शेरबहादुर देउवा (कांग्रेस सभापति)
    शेदबहादुर देउवाले यो पटककको दशैं आफ्नो निवास बुढानिलकण्ठमा मनाउने भएका छन्। देउवाका सहयोगी भानु देउवाका अनुसार देउवाले यो पटकको दशैं परिवारजनका साथ आफ्नै निवासमा मनाउने भएका हुन्। आफ्ना बुवा आमा नभएका कारण देउवाले आफ्नै परिवारका सदस्य र पार्टीका कार्यकर्तालाई टिका लगाइदिएर दशैं मनाउने भएका हुन्। देउवाका पत्ती र एक छोरा छन्।

    रामचन्द्र पौडेल
    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो पटकको दशैं राजधानीस्थित निवास बोहराटारमै परिवारसँग मनाउने भएका छन्। पौडेलका सहयोगी चिरिञ्जवी अधिकारीका अनुसार पौडेलले परिवारजनसँग आफ्नै निवासमा दशैं मनाउने भएका हुन्। पौडेलले परिवारका सदस्यसहित पार्टीका कार्यकर्तालाई समेत टिका लगाइ दिने पौडेलको योजना छ।

    झलनाथ खनाल
    नेपका वरिष्ठ नेता झलनाथ खनालले यो पटकको दशैं राजधानीस्थित निवास डल्लूमा नै मनाउने भएका छन्। खनालका सहयोगी कृष्ण भट्टराईका अनुसार खनालले परिवारका सदस्यसँग आफ्नै निवासमा दशैं मनाउने भएका हुन्। उनले परिवारका सदस्यसहित आफन्तलाई टिका लगाइ दिएर घरमै दशैं मनाउने तयारीमा छन्।

    माधव नेपाल
    नेकपा नेता माधव नेपालले पनि यो पटकको दशैं आफ्नै निवास कोटेश्वरमा नै मनाउने भएका छन्। आफ्ना परिवारका सदस्यलाई टिका लगाइ दिएर परिवारका सदस्यसँगै नेता नेपालले दशैं मनाउने भएाक हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…