• सूर्य थापा
    एक महिलाद्वारा जिउदै मरेतुल्य बनाइएका रोल्पाली कृष्ण । कृष्ण लीलाको आरोपले मात्र निम्त्त्याएको यो अकल्पनीय परिणाम । सभामुख निवासबाट सिधै अभियुक्तका रुपमा सिंहदरबार प्रहरी वृत्तसम्म कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटीक दृष्टान्त । सानालाई ऐन ठूलालाई चैन भयो भनेर कोकोहोलो मच्चाई नथाक्नेहरू नाजवाफ ।

    सम्माननीयु नै कानुनको कठघरामा परेपछि आसेपासेका सबै बचाऊ प्रयास अर्थहीन । छोराहरूले पहिले युद्धुमा खिचेका तस्बिरहरू पोष्ट गरी सिर्जना गर्न खोजेको आतंकसमेत निर्वस्त्र । कानुनी उपचारमा सफाई पाए निर्दोष, अन्यथा अभियुक्तबाट अपराधी हुने साँघुरो विकल्प ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सभामुखलाई समेत उन्मुक्ति नहुँदोरहेछ भन्ने पुष्टि। रक्सी बोकेर एक रोशनी षोडषीका कोठामा पुगेबापत दशैँ मान्नसमेत नपाई पक्राउ र पुर्पक्षका लागि प्रहरी हिरासतको कठोर नियति ।

    तर हिजो पारस शाहले रक्सी धोकेर चलाएको गाडीले संसाझै प्रिय गायक प्रवीण गुरूङको ज्यान लिएको घटनालाई राजतन्त्रमा कसरी लुकाइएको थियो ? राजा वीरेन्द्रसामू शाहज्यादा पारसमाथि कारबाही गर्न प्रस्तुत लाखौ हस्ताक्षरको के हविगत भएको धियो ? अझ २०५९ असोज १८ पछि दशैँको टीकाको दिन रोजेर उनै अभियुक्तलाई युवराजधिराज घोषणा गरिएको होइन र ?

    हत्यारालाई राजगद्दीको उत्तराधिकारी अर्थात् भविष्यमा राष्ट्रप्रमुख बनाउन त्यसढंगको निर्लज्ज घोषणा गरिएकाजस्तै अनेकन् उल्टोमतिका जनविरोधी निर्णयकै कारण २४० बर्ष लामो शाहवंशीय राजतन्त्रको जरा नै नेपाली जनताले उखेलेर फ्यालेका होइनन् र ?

    सामन्ती राजतन्त्र र गणतन्त्रबीच कानुनी राजकोअभ्यासमा कति ठूलो अन्तर हुदोरहेछ ? विगतको मण्डले राजको प्रेतका रूपमा छटपटाइरहेकाहरूले यति त व्यवहारमै हेर र बुझ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…