• काठमाडौं, असोज २०
    गृहमन्त्री रामबहादुर थापा बादल नेपालको इतिहासमा यस्ता गृहमन्त्री बनेका छन्, जसले आफ्नै भाई देखी १० बर्ष सँगै जनयुद्ध लडेका सहकर्मीलाई समेत छाडेनन् । गृहमन्त्री बादलले आफ्नै भाई नरेश थापालाई समेत छाडेनन् । थापाले संगठित अपराधीसँग साँठगाँठ गरेको सूचना पाएपछि आइजीपी सर्बेन्द्र खनाललाई नरेशलाई पक्राउ गर्न निर्देशन दिए । बादलका लागि यो निकै कठिन निर्णय थियो । आफ्नै सहोदर भाईले गल्ती गरेपछि उनले आइजीपीलाई नछाड्न ठाडो निर्देशन दिए । आफ्नालाई चैन नदिने भन्दै हिरासतमा पुर्याए ।

    गृहमन्त्री बादलका लागि त्योभन्दा कठिन निर्णय १९ असोजको दिन बन्यो । उनले आइजीपी खनाललाई निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न निर्देशन दिए । आफ्नै सहकर्मीलाई पक्राउ गर्न निर्देशन दिनु सजिलो विषय थिएन । १० बर्ष लामो सशस्त्र जनयुद्ध लड्दाका सहकर्मी हुन बादर र महरा । ज्यान जोखिममा राखेर सँगै युद्ध लडेका थिए उनिहरु । राजनीतिले यस्तो मोड ल्यायो बादल आफ्नै मित्रलाई पक्राउ गर्न निर्देशन दिने अवस्थामा पुगे । तर, बादलले भावनामा नडुबी निर्णय लिए ।

    यो घटनाले गृहमन्त्री बादल सर्वत्र चर्चाको विषयमा छन् भने स्वाबासी पनि पाइरहेका छन् । अधिकांशले उनलाई भनिरहेका छन् गृहमन्त्री हुनु त बादल जस्तो । गृहमन्त्रीका रुपमा बादलले पृथक पहिचान बनाए । जसले आफू पदमा रहँदा आफ्नै भाई र सहकर्मी समेत रहेका महरालाई पक्राउको आदेश दिए ।

    बादलले आइजीपी खनाललाई घटना बाहिर आए लगत्तै बोलाएर जानकारी लिएका थिए । कसैलाई पनि छुट नदिनु भन्ने निर्देशन पाएपछि खनाल अगाडि बढेका थिए । यो घटनासँग जोडिएका धेरै तथ्य प्रमाण फेला परेपछि मात्र प्रहरी अगाडि बढको थियो ।

    विश्वस्त स्रोतका अनुसार बादलले नेकपा अध्यक्ष प्रचण्डलाई समेत महरालाई जोगाउन नसकिने जानकारी गराएका थिए । घटनाले पार्टी र सरकारलाई समेत बदनाम हुने भन्दै आवश्यक कानुनी कारबाहीमा अगाडि बढ्नुपर्ने बताएपछि प्रचण्ड पनि राजी भएको बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…