• काठमाडौं । प्रेस युनियनका महासचिब तथा हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेकोछ ।

    शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए।

    ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।

    हाम्राकुरा तथा यसका सम्पादक शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट गर्दै यसले थप जिम्मेवार भएर पत्रकारीता गर्न प्रेरित गर्ने बताए। आफ्नो दुई दशक लामो पत्रकारीतामा पहिलो पुरस्कार पाएको उल्लेख गर्दै शिवाकोटीले यो पुरस्कारले देश र जनताको पक्षमा रहेर पत्रकारीता गर्ने आफ्नो अभियानलाई अझ उत्साहित गरेको बताएका छन्। ईन्जाले प्रेस विज्ञप्ती निकाल्दै शिवाकोटीलाई पुरस्कार दिने घोषणा गरेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…