• दमक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख नहेरिने बताउनुभएको छ । उहाँले यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोहीलाई कारवाही गर्ने बताउनु भएको हो । तपाईहरुले देख्दै र सुन्दै आउनुभएको छ जस्तो सुकै हैसियतमा भए पनि हामी कसैलाई छाड्दैनांै ।

    झापाको दमकमा आफैले आयोजना गर्नु भएको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार भ्रष्टाचार विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउनुभयो । आचरण र ब्यवहार बिगार्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छाडिदैन, उहाँले बताउनुभयो । सरकारले केहि गरेन भनेर कुरा काटने जमातलाई भन्दा आफूहरू काम र जनताको पीरमार्कालाइ केन्द्रमा राखेर काम गर्दै आएको पनि ओलीले बताउनुभयो ।
    ओलीले एकबर्षमा यो सरकारले देशभर १६ सय किलोमिटर सडक कालोपत्रे गरेको बताउनुभयो । यतिधेरै कालोपत्रे कुनै सरकारले एक बर्षमा यो भन्दा अघि गरेको भए त्यो कसैले देखाए हुन्छ, उहाँले भन्नुभयो । एकबर्षको अवधिमा चार सयभन्दा बढि खोलामा पुल बनेको भन्दै केहि भएन भन्नेहरूलाई कसैगर्दा पनि नहुने उहाँको भनाइ थियो ।

    आँधिहुरीबाट घर गुमाएका आठ सयभन्दा बढिलाई सरकारले छ महिनामा पक्की घर बनाएर दिएको भन्दै यस्तो छिटो गतिमा सरकारले अहिलेसम्म इतिहासमा कहिल्यै पनि काम नगरेको दाबी गर्नुभयो । गरिब, निमुखाहरूको सरकार भएकाले उनिहरुको पक्षमा तीब्र रुपमा काम भइरहेको छ, उहाँको भनाइ थियो । जो सम्पन्न र सुविधाभोगि छन् उनिहरूको पक्षमा काम नभएकै हो, उहाँको भनाइ थियो ।
    उहाँले धार्मिक सहिष्णुता तथा चाडपर्वप्रति बितृष्णा सिर्जना गर्ने तत्वहरू समेत सक्रिय रहेको भन्दै यस बिषयमा सचेत हुन पनि आग्रह गर्नुभयो । दशैं नेपालीहरूको सबैभन्दा महत्वपूर्ण र विशेष चाड भएको भन्दै यो हरेक नेपालीहरुको पहिचान भएको समेत उहाँले बताउनुभयो । त्यहि भएर नै अन्य चाडभन्दा यो चाडमा विदा पनि धेरै भएको हो, उहाँले भन्नुभयो ।

    कार्यक्रममा उपसभामुख डा.शिवमाया तुम्बाम्फे, प्रदेश–१ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नेपाल सरकारका महान्याधिवक्ता अग्नि खरेल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायत पनि सहभागि रहनुभएको थियो । कार्यक्रममा संघस्थाका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता एवं कार्यकर्ता लगायत सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो । २५ बर्ष अघिदेखि लगातर नवमीको दिन झापाको बिर्तामोडमा आफ्नै खर्चमा गर्दै आउनु भएको यो कार्यक्रम पहिलो पटक गृह नगर दमकमा गर्नुभएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…