उर्लाबारी ।उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा उर्लाबारी नगरवाशी,स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले विभिन्न जातजाति, भाषाभाषीलाई एकापसमा गाँसी सामाजिक भातृत्व कायम राखी राष्ट्रिय एकता कायम गर्न यस चाड सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभयो । विजयादशमी पर्वले नगरको हित र विकासमा सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।