• विराटनगर २१ मंगलवार
    नवदुर्गाको आराधना गरिने दशैंको घटस्थापनाको दिन देखि ९नौ दिन सम्म अन्न नखाई, दूध मात्र खाएर विराटनगर महानगरका मेयर भीम पराजुलीले नवरात्रको अनुष्ठान पुरा गरेका छन् । दशैंको नवरात्रमा नौ दिनसम्म देवी दुर्गाको आराधनामा रहँदा अन्न समेत ग्रहण नगरि मेयर पराजुलीले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरेका छन् । विभिन्न धार्मिक पिठमा गएर धार्मिक कार्यक्रममा समेत उनले सहभागिता जनाए । बिगतका वर्ष जस्तै यसवर्ष पनि मोरङको रंगेली स्थित कालिमन्दिर र विराटनगर स्थित कालिमन्दिरको आयोजनामा ,निशान यात्रा तथा निशान ध्वजा यात्रामा सहभागि भए ।


    भगवान भक्ती, पूजापाठ, अनुष्ठान र देवी आराधना सहित नौ कन्याको पुजा गर्दे दशैको टिका ग्रहण समेत गरेका छन् । साइत अनुरुप मंगलवार १० वजेर ३५ मिनेट जादा आमा तुलसीमाया पराजुलीको हातवाट टिका ग्रहण गरेका हुन् ।
    धार्मिक भएकै कारण राजनैतिक तथा सामाजिक जीवनमा सफलता मिलेको विश्वास गर्ने पराजुली दैनिक पुजापाठ गर्छन । यसका अलावा विभिन्न तिथिहरुमा नियम पूर्वक ब्रत बस्ने र छैटमा दण्डप्रणाम गरेर नदितटमा जाने गरेका कारण उनी धार्मिक व्यक्तित्वकारुपमा समेत लोकप्रिय छन् । धर्म र संस्कार सहितको राजनैतिक स्थिरता चाहिन्छ भन्ने मेयर पराजुली समय सापेक्ष नैतिक शिक्षा र मुल्यमान्यता सिकाउनुपर्ने बताउछन् । उनले सवै देशवासी नेपालीमा विजयादशमीमको शुभकामना समेत प्रदान गरेका छन् ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…