• कालो टिका लगाएर मंगोल पार्टीले टिका बहिस्कार म्गरेका हुन्   !

    अर्जुन जम्नेली राई

    मोरङ । मंगोल नेशनल अर्गनाइजेसन पार्टी पथरीशनिश्चरे र सुनबर्षी मोरङले संयुक्त रुपमा कालो टिका लगाएर दशै बहिस्कार गरेको छ ।

    आज (असोज २१) गते मोरङको पथरीमा कार्यक्रमको आयोजना गरि कालो टिका लगाएर दशै बहिस्कार गरेका हुन । मंगोल नेशनलको १ नम्बर प्रदेश सदस्य पदमा तामाङले उपस्थित सहभागीहरुलाई टिका लगाइदिएका थिए ।

    संगठनको प्रदेश सभा सदस्य देवनारायण धिमालले मंगोल घले राजाको टाउको काटेर दशैं (विजय दशमी)को सुरु भएकोले अहिन्दू मंगोलहरुले टिका लाउन नहुने बताए । रातो टिका पूर्खाको रगत, सेतो आत्मसमर्पण र बिरोध स्वरुप कालो टिका लगाइएको धिमालले बताए ।

    कार्यक्रममा प्रदेश सदस्य शिवकुमार राई, जिल्ला सदस्य भीम लिम्बू, सुनबर्षी नगर अध्यक्ष महेन्द्र राजवंशी लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…