• राजु पोखरेल 

    दमक। झापाको गौरादहमा सुरु दसै मिनी मेला २०७६ मा प्रतिबन्धित खेलहरु सञ्चालन भइरहे पनि प्रहरी प्रशासनले मौनता साँधेको पाइएको छ ।

    मेला सञ्चालनको अनुमती लिँदा मनोरञ्जनात्मक, सांगीतिक कार्यक्रमसहित खेल, तमासा, पिङ आदि सञ्चालन गर्ने भनिए पनि हाल कानुनले वर्जित गरेका जुवाजन्य खेलसमेत खेलाइने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

    स्थानीय गौरादह उवासङले आफ्नो सहयोगार्थ सञ्चालन गरेको रमाइलो मेलामा दिनहुँ राति १० बजेसम्म खुलमखुल्ला डाइसजन्य खेल हुँदै आएको पाइएको हो ।

    प्रहरीले मेलाको सुरक्षा व्यवस्था राम्रो बनाउन रातिपख दर्जनौँ प्रहरी तैनाथ बसे पनि उनीहरु मेलामा गैरकानुनी काम भएको थाहा पाउँदैनन् । उनीहरु ठेकादारसँग उठ्ती लिँदै रमिता हेरेर बस्ने गरेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘प्रहरीले सुरक्षा दिने बहानमा अवैध रकम उठाउँदै आएको छ ।’ 

     

    अहिले चलिरहेको मेलामा पनि प्रतिबन्धित जुवाजन्य खेल भइरहेको चर्चाले संघको विश्वसनीयतामा गम्भिर प्रश्न उठाएको छ ।

     

    जिल्ला प्रशासन कार्यालय झापाले अनुमती लिएर स्थानीय प्रशासनकै संरक्षणमा मेला आयोजना गर्दा प्रशासनले कतिपनि सुरक्षामा संवेदनशिलता नअपनाएको स्थानीयहरु बताउँछन् ।  राती १०-११ बजे सम्म मेला लाग्दा जिल्लाको सुरक्षा चुनौती थपिएको स्थानीय बताउँछन् ।

    चाड पर्वको समयमा राती अबेर सम्म मेला संचालन हुदा हुन सक्ने अप्रिय घटनाप्रति कतिपनि स्थानीय प्रशासन संबेदनशिल नदेखिएको पाइएको छ ।

    यता रमाईलो मेलाको नाममा खुलेआम रुपमा जुवा जन्य खेलहरु खेलाउदा समेत प्रशासनले ध्यान दिन सकेको छैन । विगतमा यहा हुने मेलाहरुमा कुनै जुवाजन्य खेलहरु खेलाएमा मेलानै बन्द गर्ने सम्म आँट स्थानीय प्रशासनले गर्ने गरे पनि यस पटक संचालन गरेको मेलामा भने खुलेआम जुवाजन्य खेल संचालन गर्दा प्रशासनको मौनता देखिएको स्थानीय सर्वसाधारणहरु बताउछन् । सामाजिक काममा सबैले सहयोग गर्छन आयोजकलाइ जुवा नै खेलाउनु पर्ने के आइ लाग्यो ? प्रश्न खडा भएको छ ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…