• दशैं तिहारको नामामा मारिने पशुपंक्षीको आत्मा शान्ति गर्न पुजापाठ हो।

    अर्जुन जम्नेली राई

    मोरङ । दशैं-तिहारको नाममा पसुपंक्षी हत्या नगर्न र देवताको नाममा मारिएका पशुको आत्मा शान्तिको कामना गर्दै मोरङ पथरीशनिश्चरे १० स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्तिपूजा तथा लामा लातिम कार्यक्रम भइरहेको छ ।

    नेपाल तामा लामा घेदुन संघीय कार्यालयको आयोजना र गुम्बाको ब्यबस्थापनमा असोज १८ देखि कार्तिक १० गतेसम्म कार्यक्रम हुने आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताए ।

    मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउदै चाड पर्बको नाममा हत्या भएको पशुपंक्षीको आत्मा शान्तिको लागि कामना गर्दै आएको छ ।

    कार्यक्रममा लामा पाल्देन योन्जनसहित ७ जना गुरुहरुले दैनिक पुजा, ध्यान, व्रत बस्दै आएका छन ।

    लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने कुरा गुरुहरुले उपस्थित भक्तजनहरुलाई शिक्षा दिने गरेको स्थानीय बालकुमार तामाङले बताए ।

    यही कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश भरिको १०२ जना लामा र आनिहरुलाई योग ङोण्डो, कोन्छोग्चिदुङ र थुजेछेन्पो लामा तालिमसमेत हुँदै आएको छ । ङोण्डो कोर्ष पूरा गर्नेहरुले छेवरसम्म गराउन सक्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…