• काठमाडौं, असोज २२ गते । चीनका राष्टपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्णामा उहाँले सो भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नु हुने र राष्ट्रपति भण्डारीले चिनियाँ पाहुनाको सम्मानमा रात्री भोजको आयोजना गर्नु हुने छ ।
    राष्ट्रपति सीको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय औपचारिक वार्ता गर्ने तथा दुबै नेताको उपस्थितिमा दुई देशबीच केही द्वीपक्षीय सम्झौता तथा समझदारीपत्रहरूमा हस्ताक्षर हुने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    साथै उहाँको काठमाडौं बसाइका क्रममा नेपालका वरिष्ठ नेताहरूले उहाँसँग भेट गर्नु हुने कार्यक्रम रहेको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…