• काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अलोकप्रीय हुनु नेपालमा राजसंस्था अन्त हुनुमध्येको एक कारण बन्यो । त्यो भन्दा उनका छोरा पूर्व युवराज पारस अलोकप्रीय भए । गणतन्त्रको ढोका खोल्न पारसले पनि सहयोगी भूमिका खेलिदिए ।

    पारसको बदनामी अझै उस्तै छ । उनी कहिले जथाभावी कार हुइँक्याउँछन् त कहिले एयरपोर्टमा प्रहरीसँग झगडा गर्छन् । यतिसम्मकी लागूऔषध सेवन गरेको अवस्थामा वसन्तपुरमा देखिए । यसले उनको छवि जनमानसमाझ राम्रो छैन ।

    ज्ञानेन्द्र र पारसभन्दा हिमानी लोकप्रीय छिन् । उनले सामाजिक काम पनि गर्दैआएकी छिन् । सामाजिक सञ्जालमा पनि उनको सक्रियता देखिन्छ । उनीतर्फ धेरैको ध्यान जाने गरेको छ ।

    पूर्व राजपरिवारमा अहिले हृदयन्द शाहतर्फ धेरैको ध्यान जान थालेको छ । किशोरावस्थामा रहेका हृदयन्द्र पूर्व नवराजकुमार पनि हुन् । उनलाई पूर्व राजा ज्ञानेन्द्रले पारसबाट टाढै राखेका छन् ।पूर्व युवराज्ञी हिमानी शाहले हृदयन्दलाई मठ मन्दिर सँगै लाने गरेकी छिन् । उनले सांस्कृतिक रीतिरिवाजबारे सिकाइरहेकी छिन् ।


    कुनैबेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेकि किङ भनेका थिए । बेबि किङ भनेको हृदयन्दलाई राजा बनाउने भन्ने थियो । त्यतिबेला हृदयन्द्र बालक थिए । राजसंस्था अन्त हुँदा उनी मात्र चार वर्षका थिए । बालक हृदयन्द्रलाई गिरिजाप्रसाद कोइरालाले राजा बनाउन चाहेका थिए । तर, यो प्रस्ताव पूर्व राजाले अस्वीकार गरेका थिए ।

    तत्कालिन राजा ज्ञानेन्द्र अलोकप्रीय भएको र पारसको उदण्डतालाई दृष्टिगत गरी सांस्कृतिक राजा राख्ने कोइरालाको प्रस्ताव थियो । जसलाई तत्कालिन राजा ज्ञानेन्द्रले अस्वीकार गरेका थिए । नेपाली राजनीतिक इतिहासले अर्को मोड लिने घटना थियो त्यो ।

    हुन नसकेका बेबि किङ हृदयन्द्र विद्यालय स्तरको अध्ययनमा छन् । उनकी दिदी पूर्णिकाले बैंकमै अध्ययन गरेकी थिइन् । कतिपय राजावादीहरु हृदयन्द्र राजा बन्ने विश्वास गर्छन् । तर, त्यो सजिलो भने छैन ।

    राजसंस्थाको अन्त भइसकेको अवस्थामा वैधानिक तरिकाले पुर्नस्थापित गर्न दुई तिहाई मत आवश्यक पर्छ । त्यसका लागि अहिलेका मुख्य दलहरुमध्ये कसैले एजेन्डा बोक्नुपर्ने हुन्छ । कि त कुनै नयाँ दल बनाएर त्यसले दुई तिहाई मत पुर्याएर गर्न सक्छ । त्यो ढोका भने बन्द भएको छैन । हृदयन्द्रलाई भविष्यमा राजा बनाउने गरी स्कुलिङ भने पूर्व राजपरिवार निकटस्थले गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…