• काठमाडौँ — नेपाल ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको छ । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो ।

    जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो । नेपालका लागि आरिफ सेखले २६ र कप्तान पारस खड्काले २५ रन बनाए । नेपाललाई जितका लागि अन्तिम ओभरमा २५ रन चाहिएको थियो ।
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान पउल स्टर्लिङले ४७ बलमा ५९ रन बनाए । त्यस्तै एन्डी बलबिरनीले ३८ र स्टुवार्ट थमसनले २१ रन बनाए ।

    नेपाली बलरमध्ये सन्दीप लामिछाने र अभिनास बोहराले दुई दुई विकेट लिए । नेपालको तीन खेलबाट चार अंक छ र पाँच देशमध्ये तेस्रो स्थामा रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…